- Loading...
एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी
- पुनहिल डट कम
- १ साल अघि
- २५९ पटक पढिएको

एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी भएका छन् । शर्माले मायानाथ अधिकारीलाई हराउँदै विजयी भएका हुन ।
नवराजमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो । गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा स्थायी समिति सदस्य खगराज अधिकारी समर्थित उम्मेदवारलाई हराउँदै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थित प्यानल नै विजयी भएको हो ।
अध्यक्षमा विजयी शर्माले ५ सय ३१ मत ल्याउँदा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङले ५ सय ३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत पाए ।
सचिवमा लमजुङका धनञ्जय दवाडीले कास्कीका रश्मि आचार्यलाई पराजित गरे । दवाडीको ५ सय २० मत आउँदा आचार्यले ३ सय ३७ मत पाए । उपसचिवमा कास्कीका दामबहादुर विक ४ सय ९९ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे । महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारी ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मीना गुरुङले ३ सय ६५ मत प्राप्त गरिन् ।
बिहीबार भएको मतदानमा ९ सय ७ प्रतिनिधिमध्ये ८ सय ९६ मत खसेको थियो । १ सय ६२ पदका लागि ३ सय ८२ ले उम्मेदवारी दिएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
