- Loading...
एमाले गण्डकीको निर्वाचन तालिका सार्वजनिक, मतदान बुधबार
- पुनहिल डट कम
- १ साल अघि
- २४७ पटक पढिएको

सोमबारदेखि पोखरामा सुरु भएको एमाले गण्डकीको पहिलो प्रदेश अधिवेशनको निर्वाचन तालिका मंगलबार सार्वजनिक भएको छ ।
अधिवेशनबाट निर्वाचित हुने प्रदेश समिति पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले मदताना नामावली प्रकाशन गरिसकेको छ । तालिका अन्तिम नामावली प्रकाशन दिउँसो ३ बजे हुने छ । ३ देखि ६ बजेसम्म उम्मेदवारले दरखास्त फारम दर्ता गर्न पाउनेछन् ।
साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुने छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय ७ देखि ७:३० सम्म तोकिएको छ । निर्वाचन समितिले उजुरी उपर छानबिन र निर्णय साँझ ७:३० देखि ८:३० सम्म गर्नेछ । राति ८:३० देखि ९ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन हुनेछ । बुधबार बिहान १० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता गर्ने समय दिइएको छ । बुधबार १० बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । बुधबार दिउँसो १ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए ।
सोमबार उद्घाटन भएको अधिवेशनको बन्दसत्र हाल पोखरा सभागृहमा चलिरहेको छ । प्रदेश अध्यक्ष नवराज शर्माद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल चलिरहेको छ । गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ प्रतिनिधि सहभागी भएकोमा ८ समूह बनाएर प्रतिवेदनमाथि समूह नेताले सुझाव दिइरहेका छन् ।
अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर नवराज शर्मा र स्थायी समिति सदस्य खगराज अधिकारी पक्षधर मायानाथ अधिकारी अध्यक्षका दाबेदार छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
