FLASH NEWS
  • Loading...

भिरबाट लडेर मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३८६ पटक पढिएको
भिरबाट लडेर मृत्यु

म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर मृत्यु भएको छ ।

बुधबार साँझ अर्मनधारा गाउँबाट पिपलबाेट स्थित घर आउने क्रममा लाम्मेलाको भिरबाट लडेर सापकाेटाकाे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेकाे छ ।

कांग्रेस मंगला गाउँपालिका सचिव विरेन्द्र वुढाथाेकीका अनुसार बुधबार साँझ अन्दाजी ६ बजेको समयमा सापकोटाको भिरबाट लडेका अनुमान छ । राति अबेरसम्म घर नआएपछि परिवार सहित स्थानीयले खोजी गर्दा विहिबार विहान बाटोदेखि करिब ५० मिटर तल मृत अवस्थामा सापकोटा फेला परेका थिए । सापकाेटा नेपाली काँग्रेस मंगला गापा, ५ वडा इकाइ सभापति थिए ।