FLASH NEWS
  • Loading...

पहिरोले म्याग्दीका मुख्य सडकमा यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७९ पटक पढिएको
पहिरोले म्याग्दीका मुख्य सडकमा यातायात अवरुद्ध

सोमबार साँझदेखी लगातार परिरहेको भारी झरीवर्षापछि बेनी–जोमसोम सडक अर्न्तगत रघुगंगा गाउँपालिका, ३ बैसरी र वडा नं २ स्याउलीभट्टीमा सडकमा पहिरो झरेकोले यातायात अवरुद्ध छ । त्यस्तै, सोही सडकको अन्नपूर्ण गाउँपालिका, २ नौनीबगर र ३ गुईठेमा पहिरो खस्दा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यातायात अवरुद्धहुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक, कागवेनी/मुक्तिनाथमा सोहृ श्राद्ध गर्न गएका तिर्थालुहरु बाटोमा अलपत्र परेका छन । मुस्ताङबाट स्याउ बोकेर आएका ट्रकहरु पहिरोमा फसेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सदरमुकाम बेनीबाट पश्चिम तर्फ बेनी–दरवाङ सडकको बेनी नपा, ४ फापरखेत (घुमाउनेभीर) र मालिका गाउँपालिका, ६ बाङ्गेपहिरोमा पनि पहिरोले यातायात अवरुद्ध भएको छ ।

पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाहरु सोझो याातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।