- Loading...
परीक्षामा फेल भएका १५ जनालाइ नै जालझेलबाट जिल्ला न्यायाधीश बनाउने खेल
- पुनहिल डट कम
- १ साल अघि
- २०७ पटक पढिएको

न्याय सेवा आयोगले जिल्ला न्यायाधिश पदका लागि साउन १६ देखि २० गतेसम्म भएको परीक्षामा सामेल भएका २ सय ११ जना मध्य भदौ ३१ गते लिखित परीक्षाको नतीजा आउँदा एक जना मात्रै उत्तीर्ण भए। उनी थिए, सर्वोच्च अदालतका इजलास अधिकृत पारसमणि पोख्रेल।
२९ जिल्ला न्यायाधिश पदका लागि आन्तरिक खुला र खुला प्रतियोगिताबाट पदपूर्ति गर्न खोजिएको थियो। अायाेगले लिएकाे परीक्षा उत्तीर्ण पाेखरेललाइ न्याय परिषद्को बैठकले असाेज २ गते न्यायाधीशका लागि सिफारिश गर्यो। उनी मोरङ जिल्ला अदालतको न्यायाधीशमा सिफारिश भएका छन्। तर, विगतमा झैं यसपाला पनि न्याय परिषद्ले अनुत्तीर्ण भएकै मध्येका १४ जनालाइ नै जिल्ला न्यायाधीशमा नियुक्ति दिलायो ।
न्याय सेवा अायाेगले लिएकाे परिक्षामा फेल भएर पनि न्यायधिश वन्ने मध्यका एक हुन, रामचन्द्र शर्मा । खुला परिक्षा फेल भएका शर्मालाई जिल्ला अदालत, कास्कीको न्यायाधीशमा सिफारिश गरिएको छ। शर्मा गत संघिय निर्वाचनमा कानुन मन्त्री धनराज गुरुङको निर्वाचन क्षेत्र स्याङजामा निर्वाचन अधिकृत थिए । एमालेकी पद्मा अर्याल विरूद्ध निर्वाचनमा धाँधली भएको उजुरी पर्दासमेत शर्माले गुरुङकै पक्ष लिएर मतगणना अघि बढाएको र नतिजा सार्वजनिक गरेको गुन तिर्न उनलाई वरिष्ठता मिचेर न्यायाधीश बनाइएको भन्दै आलोचना भएको छ । न्याय परिषद्को वरिष्ठता क्रममा शर्मा २१ औं सूचीमा छन् । बाँकी २० लाई छाडेर शर्मालाई नै न्यायाधीश बनाउने प्रस्ताव गरेर कानुनमन्त्रीले आफूलाई लगाएको गुन तिरेको आरोप लागेको छ ।
अायाेगले लिएकाे परिक्षामा फेल भएर पनी लोकबहादुर हमाल, कोशलेश्वर ज्ञवाली, उदवीर नेपाली, रामाकान्त यादव, प्रदीपकुमार उपाध्यायलाइ न्याय परिषदले क्रमशः दाङ, महोत्तरी, सप्तरी, बाँके र कैलालीको न्यायाधीशमा सिफारिश गरेको छ।
त्यस्तै, अायाेग फेल भएका सर्वोच्चकै नगेन्द्रकुमार कालाखेती, महेश खनाल र दीपेन्द्र थापा मगरलाई क्रमशः सुनसरी, सिरहा र रुपन्देहीको न्यायाधीश सिफारिश गरिएको छ। परीक्षामा फेल भएर पनि न्यायाधीशमा उक्लिन पाउने अन्य व्यक्ति हुन्, नगेन्द्रकेशरी पोखरेल, जुद्धबहादुर आले मगर, नेत्रप्रसाद भुसाल, कुमार मास्के, नीलकण्ठ बराल र शिवकुमार पोखरेल। नगेन्द्रकेशरी सर्वोच्च अदालत पत्रिकाको सम्पादक हुन् भने जुद्धबहादुर उपन्यायाधिवक्ता। उनीहरलाई क्रमशः झापा र मोरङको न्यायधीशमा सिफारिश गरिएको छ।
त्यस्तै, नेत्रप्रसाद उच्च अदालत, पोखराका रजिस्ट्रार, कुमार महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार, नीलकण्ठ उच्च अदालत, तुलसीपुरका उपरजिस्ट्रार र शिवकुमार विशेष अदालतको उपसचिवमा कार्यरत छन्। उनीहरूलाई क्रमशः धनुषा, रौतहट, रुपन्देही र काभ्रेपलाञ्चोकको न्यायाधीशमा सिफारिश गरिएको हो।
न्याय सेवा आयोगको सदस्यमा कानून मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहन्छन्। न्याय परिषद्मा कानून मन्त्री, सर्वोच्चका वरिष्ठतम न्यायाधीश, सरकारले सिफारिश गरेका कानूनविद् र नेपाल बार एशोसिएशनले सिफारिश गरेका वरिष्ठ अधिवक्ता सदस्य रहन्छन्।
संविधानतः जिल्ला न्यायाधीशको नियुक्तिका लागि न्याय सेवा आयोगले लिखित र मौखिक परीक्षा लिएर न्याय परिषद्लाई सिफारिश गर्छ। तर, परीक्षामा फेल भएकाहरूको पल्ला भारी हुने गरी रातारात जिल्ला न्यायाधीश नियुक्तिको सिफारिशले न्यायाधीश नियुक्ति प्रक्रिया र निष्पक्षतामाथि फेरि प्रश्न उब्जिएको छ। संविधानतः न्याय परिषद्को सिफारिशमा जिल्ला न्यायाधीशको नियुक्ति हुन्छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
