- Loading...
प्रधानमन्त्रीद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
- पुनहिल डट कम
- १ साल अघि
- २१६ पटक पढिएको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन्।
भू-राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताउँदै उनले संयुक्त राष्ट्र संघको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हतियारमा खर्च बढ्दै जाँदा २०३० को एजेन्डा कार्यान्वयनका लागि स्रोतसाधनको अभाव भएको बताए। यस्तो परिस्थितिलाई सच्याउँदै शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री दाहालले विश्व समुदायलाई अपिल पनि गरेका छन्। नेपालको राजनीतिक गतिले स्थिर आकार लिएकाले अब नेपालको ध्यान आर्थिक रूपान्तरणको एजेन्डामा रहेको समेत उनले उल्लेख गरे।
वर्तमान सरकार विकासका कामलाई तीव्रता दिन र सुशासनलाई सुनिश्चित गर्न सम्पूर्ण शक्ति र स्रोत परिचालनमा केन्द्रित रहेको समेत उनले बताए। दिगो विकास लक्ष्यलाई विकासको भिजन र प्राथमिकताको केन्द्रमा राखेर काम गर्दै आएको समेत प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।
यद्यपि, कोभिड-१९ महामारी, जलवायु परिवर्तन र बढेको भू-राजनीतिक प्रतिस्पर्धा जस्ता सङ्कटहरूले दिगो विकास लक्ष्यमा भएको प्रगतिलाई खतरामा पारेको उल्लेख गर्दै उनले विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, निर्यात प्रवर्द्धन, प्रविधि हस्तान्तरणमा परिवर्तित स्तरको अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेका छन्। * डिसीनेपालबाट साभार ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
