- Loading...
तीजमा अन्तरजातिय विवाह गरेका चेलीलाई झन पीडा
- पुनहिल डट कम
- १ साल अघि
- २७९ पटक पढिएको

चेलिवेटीले माईतीको आगनमा रमाउँदै ‘खिर’ खाई नाचगानमा रमाउने चाड तिजले अर्न्तरजातिय विवाह गरेका चेलीलाई भने पीडा थपेको छ । माईती पक्षले विवाह अस्वीकार गर्दा चेलीहरु रमाईलो चाड तीजमा रोएर विताउने गरेका छन ।
अर्न्तरजातिय विवाह गरेकै कारण वहिस्करणमा पर्ने बेनीकी यी महिला एक्ली होईनन । बेनीमा पनि छन । समाजमा झन धेरै यस्ता घट्ना रहेका छन । पूर्व परिचित ति अर्न्तजातिय विवाह गर्ने युवतीहरुले आफ्नो नाम, ठेगाना मिडियामा खुल्दा थप पीडा हुने भएकोले पहिचान लुकाई दिन आग्रह गरे । ‘अरु वेला सवै विर्सेपनि तीजमा सवै चेलीवेटी सजिएर माईत हिँडेको देख्दा र घरका अरु महिला सदस्यहरु माईती जाँदा भने नरमाईलो लाग्छ । मन थाम्न सक्दिन’ शुक्रवार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित तीजगित कार्यक्रममा सहभागी बेनीकी क्षत्री थरकी ति महिलाले भनिन्, ‘अरुको रमाईलो चाड मेरो आँशुको पर्व ।’
रातो पहिरनमा सजिएका चेलीवेतीलाई माईती लिन आउँदा अर्न्तरजातिय विवाह गरेकै कारण माईतीपरिवारबाट बहिस्कृत चेलीहरु तीज पर्वलाई सम्झन चाहन्नन । परिवार र समाजबाट बहिस्कृत बनेका चेलीहरुलाई अन्य चाडवाडमा भन्दा तिज पर्वले बढी पीडा थप्ने गरेको छ । जिल्लामा अर्न्तरजातिय विवाह गरेको आरोपमा समाजबाट बहिस्कृत भएको धेरै चेलीहरु रहेका छन । अघिल्लो बर्षपनि दुई चेलीसमेत अर्न्तरजातिय विवाह गरेको आरोपमा गाउँ छोड्न बाध्य भएका थिए ।
दलितसंग विवाह गरेको आरोपमा पारिवारिक बहिस्करणमा परेकी ति महिलाले माईतीले नवोलाउँदा तिज अनुभव सुनाउँदै,–‘घरपट्टीका सवै चेलीबेटी माईती गएका छन, श्रीमान दिदीबहिनी लिन जाँदा पीडा हुन्छ’ उनले भनिन, सवैले दर खाए तर म दिनभरी कोठामा रोएर बसें’ उनले भनिन–‘माईत गईनौ भन्दै सवैले सोध्दा झन गाहृो । त्यसैले अरु तीजमा माइती जाँदा म भने कोठा भित्रै बस्छु ।’
कथित उपल्लो जातकी युवती स्थानिय सार्की थरका युवकसँग प्रेम विवाह गरेकका महिला मात्र होईन, केही परम्परागत परिवारमा प्रेम विवाह गरेका चेलीहरु समेत माईतीबाट अस्वीकृत भएका छन । ‘संसार नै यही भनेर माईतीको असहमतिमा पनि विवाह गरी हिँडियो । अरु दिदीबहिनी र आफन्तहरु माईतीको आगनमा तीजको रमाईलो गरेको भिडियो फेसबुकमा देखेपछि माईतीको झनबढी याद आउँछ’ माईतीबाट प्रेम विवाह अस्वीकृत एक महिलाले भनिन, ‘प्रेम विवाह गरेकै कारण बहिस्कृत हुनुको पीडा बोलीमा भन्न सकिन्न ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
