FLASH NEWS
- Loading...
सञ्चारिका समूह म्याग्दी शाखा अध्यक्षमा देवी जिसी
- पुनहिल डट कम
- १ साल अघि
- २७८ पटक पढिएको

सञ्चारिका समूह म्याग्दी शाखाको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा देवी जि सी सर्वसम्मत चयन भएकी छिन ।
अधिवेशनबाट समुहकाे उपाध्यक्षमा पबित्रा खत्री , सचिवमा विष्णु सापकोटा गौतम र कोषाध्यक्ष मनु मगर सहित १३ सदस्यीय जिल्ला शाखा गठन भएको हाे। अधिवेशनकाे गण्डकी प्रदेश सभा सदस्य विमला गाैचनले एक समाराेह विच उद्घाटन गरेकी थिइन ।
अधिवेशनकाे अवसरमा महिला पत्रकारको रूपमा लेख ,रचना , मार्फत जिल्लाकाे पत्रकारिताकाे क्षेत्रमा याेगदान पुर्याएकाेमा रेखा रेग्मीलाइ सम्मान गरेकाे थियाे । रेग्मी तत्कालिन रूप्से साप्ताहिकहुँदै धवलध्वनी साप्ताहिककाे सम्पादक थिइन । उक्त साप्ताहिक बन्द भएसँगै रेग्मी पत्रकारितामा सक्रियता घटाएकी छिन ।
प्रतिक्रिया दिनुहोस