- Loading...
लिबियामा भयानक आँधी, एउटा सहरमा ‘१,००० जनाको शव’ भेटियाे
- पुनहिल डट कम
- १ साल अघि
- २३७ पटक पढिएको

लिबियामा आएको विनाशकारी आँधी र बाढीका कारण हजारौंको मृत्यु भएको आशंका गरिएको छ ।
विविसी अनलाइनमा प्रकाशित समाचार अनुसार लिबियामा ठूलो बाढीबाट प्रभावित एउटा सहरमा मात्रै १,००० जनाको ज्यान गएको त्यहाँको भ्रमण गरेका एक वरिष्ठ अधिकारीले बताएका छन्।
देशको पूर्वमा अवस्थित सरकारका ती मन्त्रीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै “त्यहाँ जताततै शवहरू रहेको” बताएका छन्। डेर्ना बन्दरगाह सहर हो।
दुईवटा बाँध र चारवटा पुल भत्किएपछि एक लाख जनसङ्ख्या रहेको डेर्ना सहरको धेरैजसो भाग डुबानमा परेको छ।
ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ। उक्त समुद्री आँधीले त्यहाँ आइतवार प्रवेश गरेको थियो।
“डेर्नामा अहिलेसम्म फेला परेका शवहरूको सङख्या नै १,००० भन्दा बढी छ,” हिचेम च्किओउआटले रोएटर्सलाई टेलिफोनमा बताए। उनी पूर्वी सरकारका उड्डयनमन्त्रीका साथै सरकारको आपत्कालीन प्रतिकार्य समितिका सदस्य पनि हुन्।
उनले ज्यान गुमाउनेहरूको सङ्ख्या निकै बढी हुने अनुमान गरिएको बताएका छन्।
“पच्चीस प्रतिशत सहर बिलायो भन्दा बढाइचढाइ गरेको हुने छैन। थुप्रै भवनहरू भत्किएका छन्।”
‘१०,००० जना सम्पर्कविहीन’
अन्तर्राष्ट्रिय सहायता निकाय आईएफआरसीका अनुसार बाढीका कारण हराउने मानिसको सङ्ख्या झन्डै १०,००० छ।
ठूलो वर्षापछि आएका बाढी र पहिरोका कारण सडक र घरहरू भत्किएका छन्।
आईएफसारसीका तामेर रमादानका अनुसार त्यहाँ भएको विनाश ठूलो छ। “मृतकको सङ्ख्या ठूलो छ र त्यो हजारौँ पुग्न सक्छ,” उनले भने।
लिबियाविज्ञ जलेल हर्चाउईले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउने मानिसको सङ्ख्या केही हजारसम्म पुग्न सक्ने देखिन्छ।
जारी उद्धार तथा राहत अभियानका क्रममा सात सैनिकहरू बेपत्ता भएका छन्।
पूर्वी क्षेत्रमा रहेका अधिकारीहरूले त्यहाँ कर्फ्यू लगाएका छन् भने विद्यालय तथा पसलहरू बन्द गर्न पनि निर्देशन दिएका छन्।
पूर्वका सहरहरू बेन्गाजी, सुसे, डेर्ना र अल-मर्ज सबै नै प्रभावित भएका छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
