- Loading...
लोमन्थाङमा भदौ ३० मा गल्फ प्रतियोगिता हुने
- पुनहिल डट कम
- १ साल अघि
- २०३ पटक पढिएको

विश्वकै अग्लो दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा दोस्रो गल्फ च्यालेन्ज हुने भएको छ । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको लोमन्थाङमा भदौ ३० मा एमेच्योर गल्फ प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, बुटवललगायत सहरका ४० खेलाडी सहभागी हुनेछन् । त्यसमा ४ महिला खेलाडी छन् । ‘यसवर्ष राष्ट्रिय खेलाडीमा सीमित यो प्रतियोगिता आगामी वर्षमा विदेशी खेलाडीले भाग हुने गण्डकी प्रदेश गल्फ संघका संयोजक इन्द्रधारा विष्टले बताए ।
मुस्ताङ गल्फ कोर्सको आयोजनामा गत वर्ष संसारको सर्वाधिक अग्लो स्थानमा गल्फ प्रतियोगिता विश्व रेकर्ड राखेकाे थियाे। गत वर्षको प्रतियोगिताले विश्वका गल्फप्रेमीको ध्यान खिचेकाले यस वर्ष पुनः आयोजना गर्न लागेको बताए ।
मुस्ताङ गल्फ कोर्स बन्नु अघिसम्म भारतको सिक्किममा ३ हजार ९ सय ७० मिाटर उचाईको गल्फ कोर्सलाई अग्लो स्थानको गल्फ कोर्सको कीर्तिमान थियो ।
लोमन्थाङ गाउँपालिका र अन्य स्थानीय चन्दादाताको सहयोगमा लोमान्थाङमा ९ होलको गल्फकोर्स बनेको हो । एक पटकमा चार जना (१ जना पनि मिल्ने) खेल्न मिल्ने टि ग्राउण्डमा गल्फरले आईरनसेटले गल्फ बललाई प्रत्यक टि ग्राउण्डमा हान्दै सवै ९ वटा होलमा ४ घन्टा लगाएर वल पुर्याउने गर्छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
