FLASH NEWS
  • Loading...

लोमन्थाङमा भदौ ३० मा गल्फ प्रतियोगिता हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७३ पटक पढिएको
लोमन्थाङमा भदौ ३० मा गल्फ प्रतियोगिता हुने

विश्वकै अग्लो दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा दोस्रो गल्फ च्यालेन्ज हुने भएको छ । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको लोमन्थाङमा भदौ ३० मा एमेच्योर गल्फ प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, बुटवललगायत सहरका ४० खेलाडी सहभागी हुनेछन् । त्यसमा ४ महिला खेलाडी छन् । ‘यसवर्ष राष्ट्रिय खेलाडीमा सीमित यो प्रतियोगिता आगामी वर्षमा विदेशी खेलाडीले भाग हुने गण्डकी प्रदेश गल्फ संघका संयोजक इन्द्रधारा विष्टले बताए ।

मुस्ताङ गल्फ कोर्सको आयोजनामा गत वर्ष संसारको सर्वाधिक अग्लो स्थानमा गल्फ प्रतियोगिता विश्व रेकर्ड राखेकाे थियाे। गत वर्षको प्रतियोगिताले विश्वका गल्फप्रेमीको ध्यान खिचेकाले यस वर्ष पुनः आयोजना गर्न लागेको बताए ।

मुस्ताङ गल्फ कोर्स बन्नु अघिसम्म भारतको सिक्किममा ३ हजार ९ सय ७० मिाटर उचाईको गल्फ कोर्सलाई अग्लो स्थानको गल्फ कोर्सको कीर्तिमान थियो ।
लोमन्थाङ गाउँपालिका र अन्य स्थानीय चन्दादाताको सहयोगमा लोमान्थाङमा ९ होलको गल्फकोर्स बनेको हो । एक पटकमा चार जना (१ जना पनि मिल्ने) खेल्न मिल्ने टि ग्राउण्डमा गल्फरले आईरनसेटले गल्फ बललाई प्रत्यक टि ग्राउण्डमा हान्दै सवै ९ वटा होलमा ४ घन्टा लगाएर वल पुर्‍याउने गर्छन ।