- Loading...
दरवाङमा अाधारभुत अस्पताल उद्घाटन
- पुनहिल डट कम
- १ साल अघि
- ६२९ पटक पढिएको

सदरमुकाम बेनीदेखि २४ किलोमिटर पश्चिमम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रकाे स्तराेन्नती गरी अाधारभुत अस्पतालमा बनाइएकाे छ ।
अस्पतालकाे साेमबार गण्डकी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले एक समाराेह विच उद्घाटन गरिन । पुर्व मन्त्रि पुनले दरवाङ अस्पताल बनाउन महत्वपुर्ण भुमिका खेलेकी थिइन । मालिका गाउँपालिका र निक साइमन इन्स्टिच्युटको सहयोगमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ शय्या क्षमताको अस्पतालको रूपमा सञ्चालन गर्न लागिएको हो ।
दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति भएसँगै पश्चिम म्याग्दीका मालिका, धवलागिरी गाउँपालिका र बाग्लुङकाे पश्चिम भेगका ताराखाेला क्षेत्रका बासिन्दाले स्वास्थय लाभ पाउने भएका छन । श्वास्थ्य केन्द्रकै भवनमा ५ शय्या क्षमताका लागि आवश्यक संरचना, पूर्वाधार र जनशक्ति थप गरी अाधारभुत तहकाे अस्पताल बनाइएकाे मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्वुजाले बताए ।
अस्पतालमा नेपाल सरकारका एक र निक साइमण्ड साेसाइटीका एक गरी दुइ जना डाक्टरसहित जनशक्ती रहेका छन । अस्पतालमा निक साइमण्डले एक जना डाक्टर, एक जना रेडियाेलाेजिष्ट, एक स्टार्फ नर्स र प्राविधिक सहयाेग गरेकाे छ । अस्पताल भवनको भुइँ तलामा आकस्मिक उपचार कक्ष र बहिरंग विभाग सञ्चालन गर्न तयार पारिएको छ । निक साइमन इन्स्टिच्युटले १० लाख रुपैयाँ बराबरको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
अस्पताल ब्यवस्थापन गर्न मालिका गाउँपालिकाले चालु अावमा ५ लाख मुल्य बराबरकाे अाैषधी समेत ३२ लाख अनुदान दिएकाे छ । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको गुणस्तर सुधार गरी अस्पताल बनाउन ०७८ साल देखी नै प्रकृया सुरू भएकाे थियाे । सुरूमा काेराेना अस्पताल र त्यसैलाइ विस्तार गरी अाधारभुत अस्पताल बनाइएकाे हाे ।
अहिलेकाे दरवाङ अाधारभुत अस्पताल संञ्चालनकाे जग अघिल्लै प्रदेश सरकार स्वस्थ्यमन्त्री नरदेवी पुन र मालिका गापाले सुरू गरेकाे थियाे । अहिलेकाे पालिका नेतृत्वले पुरानाे याेजनालाइ अपनत्व लिएर पुरा गरेकाे हाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
