- Loading...
गुर्जामा हाईव्रिड स्याउले २ बर्षमै फल दिन थाले
- पुनहिल डट कम
- १ साल अघि
- २६६ पटक पढिएको

रेडडेलिसियस र गोल्डेन जातका स्याउ खेती गर्दै आएका दुर्गम धवलागिरी गाउँपालिका, १ मा गुर्जामा विदेशबाट आयातित उच्च घनत्वमा आधारित हाईव्रिड स्याउले २ बर्षमै फल दिन थालेका छन ।
गुर्जाका सवै दुई सय ६० घरधुरी आवद्ध हिमाली कृषी सहकारीले दुई वर्ष अघि १० रोपनी क्षेत्रफलमा इटलीबाट आयातित उच्च घनत्वमा आधारित (हाइडेन्सीटी रहेको हाईव्रिड) जातका एक हजार ८ सय वटा स्याउका वेर्ना रोपेको थियो । तिनै हाईव्रिड स्याउका स–साना फुच्चे बोटले २–४ वटाका दरले स्याउ फलेको हो ।
‘हामी उत्साही छौं । बेर्ना रोपेको दुई बर्षमै स्याउ फल्यो । भदौको दोस्रो सातामै राम्रो स्वाद पसेको थियो । केही टिपेर खायौं, केही पुर्णस्वाद पसुन्जेल राख्ने सोचेका छौं’ स्याउ खेती अभिन्ता समेत रहेका धवलागिरी गाउँपालिका, १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘नयाँ जातले छिटो प्रतिफल दिन थालेकोले हौसला मिलेको हो ।’
गुर्जामा पहिलो पटक स्याउ फलेको भने हैन । गुर्जा गाउँकै बढी चिस्यान हुने क्षेत्रमा २० घरमा दुई सयबढी बोट गोल्डेन र रेडडेलिसियस जातका स्याउले राम्रो गुणस्तरकै फल दिने गरेका थिए । पुराना बोटहरुमा राम्रो फल लागेको र स्थानीयले मनग्य आम्दानी गर्छन । एउटा परिवारले २०–२५ हजारसम्म कमाई गर्छन ।
गुर्जामा सवैभन्दाबढी वडाध्यक्ष झकबहादुर छन्त्यालका बारीमा स्याउ फलेका छन । छन्तयालको गुर्जा गाउँ छेउको कातम्बा फाँमा रहेको बारीमा रेडडेलिसियस र गोल्डेन जातका ३५ वटा पुराना बोटले फल दिँदै आएका छन । नयाँ २ सय हाईव्रिड विरुवाले यस वर्षदेखी फल दिन थालेका छन ।
‘ब्यक्तिगत रुपमा १५–२० घरले थोरै थोरै स्याउका खेती गरेका छौं । राम्रो आम्दानी दिएको छ । तर गुर्जामा नजिकै अर्को वस्ती नभएकोले बजार छैन । त्यसकालागी ठूलो मात्रामा स्याउ उत्पादन गर्न सके ढुवानी गर्न सजिलो हुन्छ भन्ने लागेर सामुहीक रुपमा ब्यवसायकि स्याउ खेती थालेका हौं’ छन्त्यालले भने, ‘नयाँ जातका स्याउले रोपेको दुई बर्षमै फल दिन थालेपछि अव गाउँलेले आफ्ना बाँझा वारीहरुमा पनि स्याउ खेती गर्ने छन ।’
हिमाली कृषी सहकारीले ब्यवसायीक स्याउ खेती गर्न ०४५ सालमा रोपिएका पुराना र फल नलाग्ने झाडी बनेका रैथाने स्याउको बगैचा विस्थापित गरी कृषी ज्ञान केन्द्र म्याग्दीको ५० प्रतिशत अनुदानमा २ सय ५६ बेर्ना र धवलागिरी गाउँपालिकाले वडा मार्फत ७५ प्रतिशत अनुदानमा ५ सय ९२ बेर्ना रोपेको थियो । गुर्जामा स्याउ खेती हुन थालेपछी ०४७–०४८ तिर बेनीका राजनैतिक अगुवाहरूले धवलागिरी गापा, २ काे मरेनी, जलजला र गुर्जाघाटमा ठूलठूला फाँट किन्ने र अाेगट्ने लहर नै चलेकाे थियाे । तर खेती भने गर्न सकेनन ।
‘दुई वर्ष अघि पुस–फागुनमा रोप्नु पर्ने उच्च घनत्वका स्याउका बेर्ना इटलीबाट ल्याउँदा ढिला भएकोले चैत–वैशाखमा त्यो पनि विरुवामा टुसा/काईनो पलाएका वेर्ना रोपेका थियौं’ बेर्ना राम्रै भएका छन । तिनै विरुवाले फल पनि दिन थालेका हुन’ वडाध्यक्ष छन्त्यालले भने, ‘गुर्जामा ब्यक्तिगत वारीमा डेढ सय बढी रेडडेलिसियस र गोल्डेन स्याउका बोटमा राम्रो उत्पादन दिएपछि सामुहिक स्याउ खेतीमा लागेका हौं ।’
गुर्जामा ०४५ सालमै स्याउ रोप्ने प्रयास भएको थियो । तर संरक्षण विहिन भै पशुचौपया चर्ने झाडी बनेपछि स्थानीय सरकारको अगुवाईमा फेरी सोही क्षेत्रलाई संरक्षण गरी सिंचाई सहित नयाँ जातका स्याउ रोपेको हो ।
गुर्जामा गाउँपालिकाको अनुदानमा चार बर्ष अघि कम्तीमा ५ सय दाँते ओखरको पनि खेती गरिएको छ । धवलागिरी गापा, १ गुर्जाबासीको मुख्य आम्दानीको श्रोत नै यार्चागुम्बा, जंगली च्याउ समेतका जडिबुटीको ब्यापार हो । यार्सागुम्बा, रातो च्याउ, सतुवा समेत बहुमुल्य जडिबुटी र वनस्पतीको उत्पादन र निकासी गरी जीविकोपार्जन गर्ने हुँदा गुर्जालाई हर्वल भिलेज पनि भनिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
