FLASH NEWS
  • Loading...

रेडक्रस म्याग्दीले स्वर्ण जयन्ती मनायाे

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९५ पटक पढिएको
रेडक्रस म्याग्दीले स्वर्ण जयन्ती मनायाे

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ ।

रेडक्रस म्याग्दी शाखाको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले मंगलवार एक समाराेह विच उद्घाटन गरे ।

स्वर्ण जयन्तीको अवसरमा पुर्व सभापति, पूर्व कार्यसमितिका सदस्य, यशस्कर सदस्य, पूर्व कर्मचारी, २० पटक भन्दा माथि रक्तदान गर्ने ब्यक्ति, कोभिडको समयमा सहयोग पुर्‍याउने ब्यक्तित्वहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।


रेडक्रस म्याग्दीले विपद ब्यवस्थापन, रक्तसञ्चार कोष, एम्वुलेन्स अक्षकोष, कर्मचारी हित कोष लगायतमा ५२ लाख ४२ हजार६७६ रुपैयाँ रहेको छ । रेडक्रसमा आजीवन सदस्य तीन हजार ३८१, विशिष्ट सदस्य एकहजार ११३, यशस्कर सदस्य ३५ जना रहेका छन् ।