FLASH NEWS
  • Loading...

बगुवाखोलमा सातौँ मुनसन कप सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६७ पटक पढिएको
बगुवाखोलमा सातौँ मुनसन कप सुरु

द मुनसन युथ क्लब बेनी नगरपालिका ५ र ६ को आयोजनामा सातौं मुनसन कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको विहिबार गंगा जिसी फाउन्डेसनका अध्यक्ष , युवा व्यवसायी नारायण जिसीले उद्घाटन गरे ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अनुशासित टिमलाई पनि नगद १० हजारसहित ट्रफीको व्यवस्था गरिएको छ ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद ४ हजारसहित ट्रफी हात पार्नेछन भने अन्य विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ३–३ हजारसहित ट्रफी हात पार्नेछ ।