FLASH NEWS
  • Loading...

पिप्लेमा सार्वजनिक सुनुवाई

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१७ पटक पढिएको
पिप्लेमा सार्वजनिक सुनुवाई

रघुगंगा गाउापालिका–३ राखु पिप्लेमा शुक्रबार वडास्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा कार्यालयले अायाेजना गरेकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा पिप्ले स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन रहेपनि प्रयाेगहीन हुँदा सेवाग्राहीले लाभ नपाएकाे, गाइगाेरूमा लम्पीस्किन राेग फैलिएकाे अवस्थामा पनी पालिकाकाे पशु सेवा शाखाले निशुल्क कृषकलाइ नदिएकाे र गाइगाेरूकाे उपचार नपाएकाे,  बेनी–जाेमसाेम सडककाे बैकल्पिक मार्ग बनाउन १० लाख विनियाेजन भै काम भएकाे भिनएपनि काम नभएकाे,  खेतीयोग्य जमिनको सिमानामा रहेको रुखविरुवा हटाउन बेवास्ता गरिएको, स्वास्थ्य विमामा छनोट प्रक्रियामा विपन्न परिवार नसमेटिएको, रघुगंगा जलविद्युत आयोजनाले सुरुङनिर्माण गर्नेक्रमा घरहरुमा क्षति पुगेपनी चासाे नभएकाे गुनासाे गरेका थिए ।


सार्वजनिक सुनुवाईमा उठेका गुनासा र सुझाावमा वडाअध्यक्ष खिमबहादुर शाही, कार्यपालिका सदस्य सम्झना परियार, वडा सचिव सविता कार्की,  स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डे लगाएतले जवाफ दिएका थिए ।
वडाअध्यक्ष शाहीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा वडासदस्य जीतबहादुर खत्रीको स्वागत मन्तव्य, वडासचिव सविता कार्कीको संचालन, पशु प्राविधिक सुजन विश्वकर्मा, प्राविधिक कुविर थापा, पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डे, सामाजिक परिचालक सावित्री हमाल मल्लले अघिल्लो बर्षको प्रगति प्रस्तुत गरेका थिए।

सार्वजनिक सुनुवाईको सहजकीकरण पत्रकार घनश्याम खड्का र धिनेन खत्लेरीले गरे ।