- Loading...
वराहीदेवी मगरका बज्यु कि देवी लक्ष्मीको बँदेल अवतार ?
- पुनहिल डट कम
- १ साल अघि
- ३५६ पटक पढिएको

खामभाषी मगर जातीमा पितृ पुजा परम्पराको खास प्रभाव छ । मगरहरु पितृलाई पुज्ने बराह (बाज्यु/बाजे) र वराही (बज्यु/बजै) को भेग अनुसारका किम्बदन्ती छन ।
समाजमा परम्परादेखी चल्दै आएका केही अन्धविश्वास मिश्रित घट्ना वा जनश्रुतिलाई किम्बदन्ती भनिन्छ । समाजमा यीनै कम्बदन्तीको विशेष स्थान लिएका हुन्छन ।
मीन श्रीष मगरको ‘बाहृभाई पुजा र वराह’ लेखमा उल्लेख भए अनुसार खामभाषी मगरहरुका तिनै बाहृभाई (बाजे) र बाईस बहिनी (बज्यै)हरुलाई पितृहरुलाई बराह/बाराही भनी पुज्ने परम्परा रहेको जनविश्वास छ । र ति बराह/बारहीका थानहरु प्रायः सवै बुकी (लेक)मा रहेका छन ।
मगरहरुका पुर्खा बाहृभाई बराह (बाजे)हरु १, कैलु, २, कुजे ३, सहदेउ ४, हाँसु ५, सेर्तु ६, एक्ले ७, भिराखानी, ८ ढोर ९, खैलु १०, मैलु ११, छारे र १२ चितुलाई मानि पितृ पुजा गर्दै आएका छन । बाहृभाई बाजेमध्यका सतदेवलाई नै सिद्धको रुपमा पुज्ने गरिएको भनिन्छ ।
त्यसैगरी बाईस बहिनी (बजै)हरुमा १, पुर्ब्यानी २, रानी ३, चतुरमाला ४, शेकमाला ५, परमीमाला, ६, औतानी ७, लुली, ८, कुजी ९, सेती १०, काली ११, पहेंली १२, सिद्धवन्ती १३, रङमाला १४, गंगामाला १५, पानीमाला १६, शंखमाला १७, गौमाला १८, भीउमाला १९, लिङङुमाला २०, पिङ्ङुमाला २१, मंगलगेनी र २२, चलङगेनी रहेको रुकुम, रोल्पा क्षेत्रमा किम्बदन्ती छ ।
राप्ती क्षेत्रमा बाहृभाई बराह (बाजे) र बाईस बहिनी (बजै)को किम्बदन्ती प्रचलित छ भने डोल्पा क्षेत्रका मगरहरुमा सात भाइ बराह (बाजे) र दुई बहिनी बाराही (बजै)को पुज्ने चलन छ ।
म्याग्दीको उत्तरी भेगका मगर/पुन समुदायमा प्रचलित किम्बदन्ती अनुसार बराहीका नौ बहिनीको विशेष पुजा हुन्छ । यस क्षेत्रमा बराह (बाजे)को कतै किम्बदन्ती फेला पर्दैन । म्याग्दीको उत्तरी भेगका खयरवराही समेतका वराही थान (मन्दीर ?)हरुमा पुजिने ‘बराही/भारानी यीनै २२ बहिनी बज्यु (बजै)हरु मध्यका हुन वा छुट्टै ? म्याग्दीको उत्तरी भेगका मगर/पुन (जाती ?) समुदायमा वराहीका नौ बहिनीमध्य खयरबराही जेठी, पोखराको फेलाताल विचमा रहेकी तालबराही माईली, घराम्दी प्यारीवराही साईली, दोवाको मणीबराही काईली, नागी बराही थाईली, …….र शिखको कान्छी वाराही हुन भन्ने किम्बदत्ति छ । त्यसो भए, अरु तीन बहिनी वराही कुन कुन हुन ?
के यी वराहीहरु २२ बहिनी बज्यु/बजै बराही हुन ? कतै चर्चा गरिदैन । के मगरहरुले पितृ कार्यगर्दा सुँगुरको रगत वा रौं चढाउने प्रचलन के यिनै विष्णुका बराह (बँदेल) अवतारलाई आफ्ना कुलदेव मानेकोले प्रचलन भएको हो ? प्रश्न अनुत्तरित छ ।
त्यस्तै, म्याग्दीका अन्य स्थानमा पनि बराह तथा बाराही पुजा हुन्छ । निस्कोट, विमको वराहीतालमा वैशाख र मंसिरको पूर्णिमामा भेडाको साँढे वली दिएर पुजा गर्ने चलन छ । अल्पसंख्यक छन्त्यालहरुका मुख्य वस्ती कुईनेमंगलेको रिखार वराहमा जनैपूर्णिमामा भेढाको वली दिएर पुजा गरिन्छ । त्यस्तै गुर्जाको कालीवराहमा भने असोजमा वराही पुजा गरिन्छ । बाग्लुङको ढोरवराहमा जनैपूर्णीमामा वराह पुजा गरिन्छ भने बाग्लुङ्कै भकुण्डे वराहीको भने कात्तिक पूर्णिमामा पुजा गर्ने चलन छ ।
हिन्दु धार्मिक मान्यता अनुसार बराहलाई भगवान विष्णुको दश अवतार मध्य एक तेस्रो अवतार मानिन्छ । बराह दाहृा निक्लेका बँदेल स्वरुपमा विष्णु अवतार भएको मानिन्छ । हिन्दुहरुका १८ पुराणमध्य एक बराह पुराणमा भगवान विष्णुको वराह (बँदेल) अवतारको वर्णन गरिएको छ ।
त्यसैगरी वराहीलाई देवी लक्ष्मीका स्त्री बँदेलको स्वरुप मानिन्छ । सोही अनुसार पुज्य रहेका छन । तान्त्रीक देवीहरुमा बहृमायणी, महेश्वरी, कौमारी, वैष्णवी (भद्रकाली), वाराही, इन्द्रयाणी, चामुण्डा र महालक्ष्मी रहेका छन ।
घोडामाथी चढेकी, चार हातमध्य दायाँका दुई हातमा खड्ग र अंकुश तथा बायाँका दुई हातमा ढाल र पाशा समातेकी बँदेल मुख भएकी, काली वर्णकी, अनेक गहनाले सजिएकी, स्तन उठेकी र दाहृाले पृथ्वी बोकेकी त्रि–नेत्र भएकी स्वरुपलाई बराहीदेवीको रुपमा मान्ने गरिएको छ ।
त्यसैगरी बौद्ध धार्मिक समुदायमा पनि वराहीको विषेश अर्थ र पुजा गर्छन । बौद्ध धर्मको बज्रयानी समुदायले छाब्दी वराहीलाई इष्टदेवीको रुपमा पुज्ने गरेका छन । काठमाणडौको चार दिशामा चार वाराही बज्रबाराही, स्वतवाराही, नीलबाराही र धुम्रबराहीलाई विशेष स्थानमा राखी पुज्ने रहेका छन । बौद्धधर्ममान्ने बज्रयानी समुदायले बराहीलाई रक्सी र मांसयुक्त प्रसाद चढाउँछन ।
बराह/बाराहीको नेपालका प्रकृति पुजक मगर, हिन्दु तथा बौद्धधर्ममागीमा उत्तिकै पुज्य रहेको भेटिन्छ । यस अर्थमा बराही पुजा सामाजिक सद्भाव र बहुलबादी समाजमा अन्तरघुलित सामाजिक सद्भाव र धार्मिकक सहिष्णुताको देवीको रुपमा लिन सकिन्छ ।
मगर जातिको पितृपुजा परम्पराबाट स्थापित भएको भनिए पनि म्याग्दीका खयरबराही, प्यारीबराही, नागीबराही, रिखारबराही समेतका वराही थानहरु सवै जाति र समुदायका ब्यक्तिहरु विच उत्तिकै पुज्य र आस्था राख्ने गरेका छन । पानीको स्रोतयुक्त लेकाली पाटन (बुकी)मा पशुपालन गरेर जीवन निर्वाह गर्ने भएकाले उच्च स्थानमा अवस्थित ताल, पोखरीहरुलाई वराह/बराही थान स्थापना गरी त्यही क्षेत्रका गोठका कुमार केटोलाई पुजारी बनेर गोठमा भएको भेडाको साँढ चढाई पुज्ने (वली दिने) चलन रहँदै आएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
