- Loading...
‘अत्यावश्यक’ बाहेक बेनी–जोमसोम सडकमा तत्काल यात्रा नगर्न प्रशासनको आग्रह
- पुनहिल डट कम
- १ साल अघि
- २१६ पटक पढिएको

लगातारको झरीको कारण बेनी–जोमसोम सडकको विभिन्न खण्डमा पहिरो झरेको र यातायात अवरुद्ध रहेकोले ‘अत्यावश्यक’ काममा बाहेक बेनी–जोमसोम सडकमा यात्रामा ननिस्कन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुक्रवार एक विज्ञप्ती प्रकाशित गरी यात्रु तथा यातायात ब्यवसायीलाई यस्तो आग्रह गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अर्न्तगत अन्नपूर्ण गाउँपालिका, ३ दाना क्षेत्रको विभिन्न ठाउँमा गएको पहिरोले यातायात अवरुद्ध भएको, गुईठेमा कालीगण्डकी प्रशारण लाईनको २२० केभी हाइटेन्सन लाइनको टावर जोखिममा रहेको तथा सोही स्थानमा निरन्तर पहिरो झरीरहेकोले जोखिम मोलेर पहिरो पन्छ्याई यातायात खुलाउन खोज्दा विभागिय लोडकका अपरेटर र चालक घाईते समेत भएकोले तथा पहिरो पन्छ्याउने काम भैरहेपनि जोखिम रहेकोले मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकोले बेनी देखी दानासम्म एक साता अत्यावश्यक काम बाहेक यात्रा नगर्न सरोकारवालामा सूचित गरिन्छ ।’
संसारको सर्वाधिक गहिरो गल्छीबाट बग्ने कालीगण्की नदीको किनारै किनार निर्मित बेनी–जोमसोम–कोरला सडकको बेनी–घाँसा ३८ किलोमिटर खण्ड पहिरोले छिलोछिलो परेको छ । गण्डकी प्रदेशको लाईफलाईन मानिएको बेनी–जोमसोम–कोरोला अर्न्तदेशिय सडकको बेनी–लेते खण्डमा वर्षेनी मनसुनी बाढीपहिरोले दैनिक यातायात अवरुद्ध हुने र यात्रुले सास्ती पाउने गरेका छन ।
बेनी–लेते खण्डका पहिरोग्रस्त क्षेत्रमा दैनिक कहीं न कहीं यातायात अवरुद्ध हुन्छ । भीरमाथीबाट पानीको छहरासँगै निरन्तर लेदो र ढुङ्गा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन । कालीगण्डकी करिडोर अर्न्तगत बेनी–घाँसा खण्ड बाढीपहिरो उच्च जोखिम क्षेत्र हो । यो क्षेत्र कालीगण्डकी नदी तटिय वस्तीकालागी सँधैको त्रास पनि हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
