- Loading...
ओभरटेक गर्ने क्रममा त्रिशूलीमा बस खसेको प्रहरी अनुमान (भिडियाे)
- पुनहिल डट कम
- १ साल अघि
- २८७ पटक पढिएको

काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ राजमार्गबाट करिब ४० मिटर तल खसेको धार्दिङ प्रहरीले जनाएकाे छ ।
साँधुरो र घुम्ती मोडमा ओभरटेक गर्ने क्रममा बस नदीमा खस्न गएको प्रहरीले अनुमान गरेको छ । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर त्रिशूलीमा खसेको अनुमान गरिएको छ ।
“बस खसेको ठाउँ साँघुरो छ, ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने हामीले अनुमान गरेका छौँ,” एसपी मिश्रले भने, “काठमाडौंबाट आएको बस बायाँ (भित्तातर्फ)बाट हुँदै आउने भए पनि ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दायाँ (छेउ)तर्फ त्रिशूलीमा खसेको हुनसक्छ ।”
नदीबाट २३ जनाको उद्धार गरिएकोमा आठजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाँकी १५ जनाको स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको एसपी मिश्रले जानकारी दिए ।
नदीको बहाव बढेका कारण केहीलाई बगाएको हुनसक्ने अनुमान गरिएको भए पनि सम्भावना कम देखिएको प्रहरीले जानकारी गराएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि सो क्षेत्रमा खोजी गरिरहेको छ ।
त्यसैविच धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।
बसमा सवार २५ जना मध्य काउण्टरकाे चलानीमा उल्लेखित यात्रुकाे नाम विवरणमा भएका यात्रुमध्य ४ जनाकाे सनाखत भएकाे छ । ४ जना मृतककाे सनाखत भएकाे छैन । चलानीमा भएका नामावली र अस्पतालमा उपचाररत घाइतेकाे लिष्टमा रहेका यात्रु विवरण फरक देखिए पनि पुष्टी गर्ने अाधार फेला परेकाे छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
