- Loading...
मोनाको नयाँ नेतृत्वकालागी घारका ददीवल खड्काको उम्मेदवारी
- पुनहिल डट कम
- १ साल अघि
- ४९२ पटक पढिएको

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अर्न्तराष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौं महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन ।
अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भै लोमो समयदेखी जापानलाई कर्मथलो बनाउँदै आएका सफल ब्यवसायी ददीवल खड्काले मोनाको नेतृत्व गर्न अगाडी सरेका हुन । मृदुभाषी, सरल जीवनशैली र सहयोगीमनका धनी ददीवल खड्का शैक्षिक रुपमा दक्ष, ब्यवसायीक रुपमा सफल र सर्वस्वीकार्य नेतृत्व क्षमताको कारण मोनाको आगामी नेतृत्वकालागी सर्वस्वीकार्य हुने ठानिएको छ ।
‘हो, मैले यस पटक मोनाको अर्न्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा दावी गर्दैछु । म सुनिने होईने देखिने र कुरा हैन, काम गरी मोनाकर्मी र जिल्लावासीलाई साँच्चै संभव छ भनी देखाउन चाहन्छु’ फोनमा कुरा गर्दै मोनाका वहालवाला बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले भने, ‘संस्थाको उद्देश्य प्राप्त गर्न सोही अनुसारको काम गरिनु पर्ने रहेछ र काम गर्नकालागी संस्थाको नेतृत्व चाहिने रहेछ । त्यसैले मोनाकर्मीसंग विगत भुलेर भविश्य खोजौं, म परिवर्तन गरी देखाउँछु ।’
‘आर्थिक प्रेरणा र सामाजिक त्याग मार्फत सार्वभौमिक एकता’ भन्ने मुल आदर्श वोकेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) पछिल्ला केही वर्षदेखी राजनैतिक खिचातानी र दाउपेचको शिकार बन्न पुग्दा संस्थाको उद्देश्य र जिल्लाबासीको उपेक्षित काम गर्न अक्षम आरोप लाग्न थालेको छ ।
जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो । पुनकै अगुवाईमा एनआरएनएको तेस्रो विश्व सम्मेलमा भाग लिन काठमाण्डौ आएका र दशैं मान्न पुख्यौली थलो आएका ब्यक्तिहरु भै परिषद गठन भएको थियो ।
०६६ फागुन ५ गते जिल्ला प्रशासन कार्यालयमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अर्न्तराष्ट्रिय कार्यकारी समितिको नाममा दर्ता भएको हो । संस्थापक प्रकाश पुन (ताकम, धारापानी)बाहेक मोनाको हालसम्म चार जना अध्यक्ष बनेका छन । पहिलो अधिवेशनबाट मराङका योगेन्द्र केसी (बेलायत), दोस्रो अधिवेशनबाट ताकमका चक्रबहादुर थापा (न्युजिल्याण्ड), तेस्रो अधिवेशनबाट दरवाङका ओमनारायण जुग्जाली र चौंथो अधिवेशनबाट गुर्जाका अमर छन्त्याल (अमेरिका) अध्यक्ष बनेका छन ।
मोनाको हालसम्मका सवै नेतृत्व भेगिए रुपमा पश्चिम म्याग्दीखोला भेगले नेतृत्व गर्दै छ । मोना गैहृराजनैतिक, भौगोलिक र जातिय संस्था भएकोले सवै भुगोल, क्षेत्र, जातिय समुदायबाट आलोपालो नेतृतव आवश्यक रहेको आवाज उठेको छ । चौंथो महाँधिवेशनमा त राजनिती जातियताबढी हावी हुँदा मोनाको औचित्य र क्षमतामा प्रश्न उठ्ने गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
