FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध, ५ किमीमा २० वटा पहिरो

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३३२ पटक पढिएको
बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध, ५ किमीमा २० वटा पहिरो

भारी वर्षापछि खसरेका दर्जनबढी पहिरो झरेपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ
बेनी–जोमसोम सडक अर्न्तगत अन्नपूर्ण गाउँपालिका वडा नं २ तातोपानीदेखी ३ नं वडाको दाना रुप्सेछहरासम्मका ५ किलोमिटर खण्डमा कम्तीमा २० वटा पहिरो झरेको आयोजनाले जनाएको छ ।
‘शुक्रवार साँझ ठूलोपानी परेपछि तातोपानीदेखी–रुप्सेसम्म ५ किमी सडक खण्डमा २० वटाबढी साना–ठूला पहिरो झरेकोले अहिले याताायात अवरुद्ध भएको छ’ बेनी–जोमसोम–कोरोला सडक आयोजनाका स्थानीय सुपरभाईजर इन्द्रसिंह शेरचनले भने, ‘धेरै पहिरो साना छन, स्काभेटरले लेदो र ढुङ्गामाटो फाले सजिलै यातायात खुल्छ । खामभित्तामा भने सडकको फाउण्डेसन नै बगाएकोले डाईभर्सन बनाउन केही समय लाग्ला । पहिरो सफा गर्ने काम सुरु भएकोले दिउँसो/साँझ सम्म यातायात खुल्छ ।’