- Loading...
बाढीले उपल्लाे मुस्ताङमा पनि यातायात अवरुद्ध, खुल्न अझै केही दिन लाग्ने
- पुनहिल डट कम
- १ साल अघि
- २४५ पटक पढिएको

हिमालपारीको छायाँवृष्टी हुने मुस्ताङमा बाढीले मोटरपुल र सडक कटान गरेपछि चार दिन जोमसोम–कोरोला सडकमा यातायात अवरुद्ध छ ।
गत शनिवार र आईतवार लगातार परेको बर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले वारागुङमुक्तिक्षोत्र गापाको छुक्साङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चैले जोड्ने चैलेगेट मोटरपुलको पहुँच मार्ग बगाएको, कागवेनीको कागखोलामा आएको बाढीले कागवेनी पुल बगाएको तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घमीमा रहेको घमीखोलामा रहेको कल्भर्टबाढीले बगाएपछि जोमसोम–कोरोला सोझो यातायात अवरुद्ध भएको हो ।
जोमसोम–कागवेनी खण्डको जोमसोम नजिककै कालीगण्डकीले सडक कटान गरेपछि एक दिन यातायात रोकिएको जोमसोम–मुक्तिनाथ सडकमा दुई दिनपछि सोमबार डाईभर्सन बनाई यातायात संञ्चालन गरिएको थियो ।
‘यो वर्ष हिमालपारीको मुस्ताङको पनि उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्तहुँदा यातायात अवरुद्ध भएका छन । जोमसोम–कोरोला सडकमा कम्तीमा तीन स्थानमा यातायात अवरुद्ध छ । तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय समयमा यातायात अवरुद्ध हुने गरेको छ’ कालीगण्डकी करिडडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘हामी राजधानीसमेत सहरबाट आएका सवारी साधन जोमसोम पुर्याउन बाटाका पहिरो पन्छ्याउनै ब्यस्त छौं । तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गर्छौ ।’
बेनी–जोमसोम सडकमा पछिल्लो १० दिनदेखी यातायात अवरुद्धहुँदा मुस्ताङमा खाद्यान्न समेत पूर्वाधान निर्माणका सामाग्री ढुवानीमा समस्या भएको छ । मनसुनको समयमा खराव मौषमका कारण नागरिक उड्ययन प्राधिकरणले पोखरा–जोमसोम हवाई उडान पनि रोकेको छ ।
‘साउनको तेस्रो सातादेखी मुस्ताङको अन्य जिल्लासंग सोझो सडक सम्पर्क छुट्न थालेको हो । खाद्यान्नको प्रयाप्त स्टक देखियो तर लामो समयदेखी ढुवानी रोकिएपछि मुस्ताङमा इन्धन समस्या भएपछि बेनी–घाँसा खण्डमा तीन हजार लिटर तेललाई तम्बुमा राखेर मानछेले बोक्दै पहिरो पार गरेर ट्याक्टरमा ढुवानी गरी ल्यायौं’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘मनसुनको सिजन उपयुक्त हावापानी हुने भएकोले मुस्ताङमा पूर्वाधारको काम धमाधम गर्ने सिजन हो । तर यही बेला तल्लो खण्डमा बाढीपहिरोले बढी दुखदिंदा निर्माण सामाग्री ढुवानी प्रभावित हुन्छन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
