- Loading...
ग्रेग्रानमुनीकाे कागवेनी खोतल्दै स्थानीय
- पुनहिल डट कम
- १ साल अघि
- २५९ पटक पढिएको

छायाँवृष्टिी हुने हिमालपारीको मुस्ताङमा भारी बर्षपछि आएको बाढीले पुरेको कागवेनी बस्ती खोतल्न थालिएको छ ।
प्रहरीका २० जना, शसस्त्रका २० जना, सेनाका ४० जना र स्थानीय एकसयबढी खोज तथा उद्धारकर्ताहरुले दुई दिनदेखी बाढीले पुरिएको धार्मिक तथा पर्यटकीय वस्ती कागवेनी खोतल्न थालेका हुन । उद्धारकर्ताहरुले तत्काल प्रयोग गर्न सकिने क्षतिग्रस्त घर/भवन/होटलमा जमेको गेग्रान हटाउने, भत्केका होटल/घरबाट बहुमुल्य सामाग्रीसहित सामानहरु उत्खनन गर्ने र बाढीले पुरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम गरिरहेको मुस्ताङ स्थित विपद ब्यवस्थापन समितिले जनाएको छ ।
‘स्थानीय, छिमेकी वस्तीबाट आएका स्वयंसेवक र सुरक्षाकर्मीहरु परिचालन गरी कामको प्राथमिकरण गरी लेदो र गेग्रानले थिचिएको कागवेनी खोस्रन थालेका छौं’ जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘उपलब्ध स्काभेटर समेत मेशिनरी तथा मानवीय उद्धारकर्ता लगातार जुट्ने हो भने कागवेनीमाथी थुप्रिएको डेब्रिज हटाउन कम्तीमा एक महिना लाग्ने अनुमान छ । सुरुमा आंशिक क्षति भएका घर सफा गर्दा विस्थापितहरुलाई पुनःर्वास गराउँदै विस्तारै सवै हटाउने योजना बनाएका छौं ।’
गत आईतवार साँझ वारागुङमुक्तिक्षेत्र गाउँपालिका, ४ मा पर्ने कागवेनी बस्ती स्थानीय ठाडो कागखोलामा आएको बाढीले पुर्दा कम्तीमा होटल, रेष्टुरेन्ट सहित निजी तथा सामुदायकि गरी २९ वटा भवन पूर्णरुपमा क्षति पुगेको थियो । १३ घरमा आंशिक क्षति पुग्नुको साथै कागवेनी खोलामाथी निर्मित पक्की मोटर पुल, एक वटा स्काभेटर, ९ वटा मोटरसाईकल र २ वटा जीप, झोलुङेपुल १ वटा र ३ वटा काठेपुल बगाएको थियो । कागवेनी हिन्दु धार्मिक तथा पर्यटकीय क्षेत्र भएकोले यहाँका निजी आवास भने पनि ति होटल, रेष्टुरेन्टहरु हुन ।
त्यसैविच बाढीले घर पुरेपछि विस्थापित कम्तीमा एक सय जनालाई स्थानीय वारागुङमुक्ति क्षेत्र गाउँपालिकाले खाद्यान्न समेत आवस ब्यवस्थापन गरेको जनाएको छ । केही मजदुरलाई सदरमुकाम जोमसाोममा रहेको घरपझोङ गाउँपालिकाको सामुदायीक भवनमा राखिएको जिल्ला विपद ब्यवस्थापन समितिले जनाएको छ ।
‘बाढीबाट विस्थापित करिव एक सय ५० जनामध्य स्थानीय र घरका मजदुर छिमेकी र आफन्तको घरमा आश्रय लिएका छन । केही मजदुरहरु गाउँपालिका भवन र केहीलाई जोमसोम स्थित सामुदायीक भवनमा राखिएको छ । धेरै मजदुरहरु सम्बन्धीय योजनाका ठेकदारले जिम्मा लिएका छन । विस्थापित सवैलाई गाउँपालिकाले खाद्यान्न ब्यवस्थापन गरेको छ’ वारागुङमुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले भने, ‘विस्थापितलाई खानवस्नको तत्काल समस्या छैन तर उनीहरुलाई जतिसक्दो पुर्नवास गराउनु चुनौति छ । स्थानीय, छिमेकीहरु समेत सवैले बाढीले पुरेको क्षेत्र उत्खननमा लागेका छौं ।’
थोरङ्लापासहुँदै र मुक्तिनाथबाट झर्ने दुई वटा खोला तल झोङ र तिरी गाउँको नजिक जोडिन्छन । सोही दुई खोला जोडिएर कागवेनीखोला भै बग्ने स्थानमा पहिरो गएको थियो । साँघुरो घाँटी परेको स्थानमा झरेको पहिरोले खोला केही वेर थुनिएर फुट्दा बाढीले अधिक ग्रेग्रान बगाएर ल्याउँदा बाढी भै बस्ती पसेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
