- Loading...
नेपालमा पनि दूधदान गर्दै आमाहरू
- पुनहिल डट कम
- १ साल अघि
- २४९ पटक पढिएको

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ । अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो ।
बैंकमा पहिले दैनिक औसत छ आमाले दूधदान गर्ने गरेकोमा हाल उक्त सङ्ख्या बढेर दैनिक औसत १० जनासम्म पुगेको छ । बैंकका व्यवस्थापक स्मृति पौडेलले पहिलेको तुलनामा दूधदान गर्ने आमाको सङ्ख्यासँगै दूध सङ्कलनको मात्रा पनि बढेको बताए । उनका अनुसार कुनै बेला दैनिक साढे दुई लिटरसम्म पनि दूध सङ्कलन हुने गरेको छ ।
गत वर्षको भदौमा औसत एक दिनमा एक हजार एक सय ६६ मिलिलिटर दूध सङ्कलन भएकामा यो वर्षको असारसम्म आइपुग्दा त्यो बढेर एक हजार ६ सय ९१ मिलिलिटर पुगेको उनले जानकारी दिए ।
यस्तै गत वर्षको भदौमा ३६ जना आमाले दूधदान गरेकामा यो वर्षको असारमा उक्त सङ्ख्या ७० पुगेको छ । गत वषएको भदौमा ३६ जना आमाबाट २४ हजार पाँच सय ६५ मिलिलिटर दूध सङ्कलन भएकामा यो वर्षको असारमा ७० जना दूधदाता आमाबाट ३९ हजार दुई सय ५९ मिलिलिटर दूध सङ्कलन गरिएको छ ।
सबभन्दा बढी पुस महिनामा एक सय १९ जना दूधदाताबाट दूध सङ्कलन गरिएको छ । बैंकका अनुसार असोजमा ३५, कात्तिकमा ३१, मङ्सिरमा ७९, माघमा ६०, फागुनमा ४८, चैतमा ८५, वैशाखमा ४६, जेठमा ५५ जना आमाबाट बच्चाका लागि दूधदान गरेको थियो ।
बैंकमा हालसम्म सात सय ४९ आमाबाट चार सय ५६ लिटर दूध सङ्कलन गरिएको छ । जसमध्ये ४४८ दशमलव ८८ लिटर आमाको दूध निर्मलीकरण गरी आठ सय ७३ शिशुलाई ३९९ दशमलव ८९ लिटर दूध शिशुलाई खुवाइएको पौडेलले बताइन। निर्मलीकरण गरिएको आमाको दूध छ महिनासम्म शिशुलाई खुवाउन मिल्छ । अस्पतालले स्तनपान गर्न नसक्ने बच्चालाई दूधदाताबाट दूध सङ्कलन गरी शिशुलाई खुवाउनका लागि बैंक सञ्चालन गरेको हो ।
निर्धारित समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिने बित्तिकै रुन नसक्ने, हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आइसियुमा रहेका बच्चा, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ ।
बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको अस्पतालकाे भनाइ छ । एउटा बच्चालाई एक दिनमा न्यूनतम ८० मिलिलिटरदेखि दुई सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ । दुई–दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ । बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ । * नेपालीहेल्थमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
