- बरुवाल दम्पत्तिले गरे मुक्तिमार्ग मावि अक्षय कोषमा रकम हस्तान्त्रण |
- अन्नपूर्ण प्रथम आरोहणकाे ७५ वर्ष पुरा, हिरक महोत्सव मनाईदै |
- मनसुन के हाे ? कहिले शुरू हुन्छ ? सुरक्षा तयारी के छ ? |
- उ बेलाकाे म्याग्दी, सूचना प्रविधी र म्याग्दी क्याम्पस |
- कुमारी सहकारी हिनामिनाका अभियुक्त मंगला–३ का वडाध्यक्ष तथा माअाेवादी नेता याम रोका तीन महिनादेखि फरार |
भाेली शनिवारदेखी साेमबारसम्मै भारी वर्षाकाे संभावना
- पुनहिल डट कम
- १ साल अघि
- ३९३ पटक पढिएको

नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। र अागामी साेमबारसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ।
शुक्रवार राती वा शनिवार देखी सााेमबारसम्म गण्डकी प्रदेश समेत देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रवार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक विशेष मनसुन वुलेटिन प्रकाशित गरी पछिल्लाे मनसुन जानकारी दिएकाे हाे । महाशाखाका अनुसार शनिबार (मिति २०८०–०४–२७) राती देशभर सामान्य देखि पूर्णतया बदली रहि देशका धेरै धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार (मिति २०८०–०४–२८) देशभर पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
सोमबार (मिति २०८०–०४–२९) देशभर सामान्य देखि पूर्णतया बदली रहि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
तसर्थ शनिबार देखि सोमबार सम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, शहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।
यस मनसुनी प्रणालीहरूलाई जल तथा मौसम विज्ञान विभागले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ दैनिक रुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्न अनुरोध छ ।