- Loading...
बेनी–जोमसोम सडकमा तिल्केनी–रानीपौवा–रिसिनचौतारी–हुँदै बेगखोलाकाे बैकल्पिक बाटो
- पुनहिल डट कम
- १ साल अघि
- ३०३ पटक पढिएको

बेनी–जोमसोम सडक अर्न्तगत रघुगंगा गाउँपालिका, २ बैसरीखण्डमा पहिरो निरन्तर झरेपछि अवरुद्ध यातायात संञ्चालन गर्न वैकल्पिक बाटो खोजिने भएको छ ।
बैसरीको पहिरोग्रस्त क्षेत्रको भीरको माथिल्लो डिलमा डोजर पुर्याएर सडकमा खस्न ठिक्क परेको ढुङ्गामाटो हटाउन केही दिन लाग्ने भएकोले राजमार्गको ‘प्रेसर’ रोक्न स्थानीयले हिउँदे ट्रयाकको रुपमा प्रयोग गर्दै आएको यस सडकलाई मर्मतसंभार गरी बैकल्पिक सडकको रुपमा प्रयोग गर्न थालिएको हो । कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले बेनी–जोमसोम सडकको बैसरी पहिरो क्षेत्रमा पहिरोले सडकमा खसेकोले यातायात संञ्चालन पूर्ण वन्द गरेको छ ।
रघुगंगा गाउँपालिका, ३ तिल्केनी-बगैंचा–रानीपौवा–रिसिनचौतारी–माछखर्कहुँदै बेगखोलासम्म करिव १८ किमी खण्डमा फोरहृवील भएका साना गाडीकालागी वैकल्पिक मार्ग खोजी गरिएको हो । पूर्वाधार कार्यालयका इन्जिनियर र बेनी–जोमसोम–कोरोला सडक आयोजनाका इन्जिनियरहरुले स्थलगत अध्ययनगरी वैकल्पिक सडकको संभावना थिए ।
‘हिजो (विहिवार) बैकल्पिक बाटो हेरेर फर्केका छौं । थोरै जनसंख्याले हिउँदमा प्रयोग गर्ने सडक साँघुरो, जीर्ण र धानखेतको विचमा पानी धेरै भएको क्षेत्र भएकोले हिलाम्मे छ । ठुला गाडी चलाउनु उपयुक्त छैन । साना फोर हृवील गाडीकालागी मर्मत गरेपछि बैकल्पिक रुपमा प्रयोग गर्न सकिन्छ’ कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘हाम्रो कार्यक्षेत्र भित्र नपर्ने भएकोले बैकल्पिक सडक मर्मतको काम भने पूर्वाधार कार्यालय बेनीले गर्ने छ ।’
बेनी–जोमसोम सडकको बैसरी खण्डमा अहिले पूर्णरुपमा यातायात बन्द गरिएको छ । बुधवारसाँझ पहिरो पन्छ्याएर अवरुद्ध यातायात खुलाएको केही घन्टामै फेरी पहिरो खस्दा ढुङगाले लागेर गुडीरहेको जीपका चालक गम्भीर घाईते भएका थिए । जिप पहिरोमा पुरिएको अवस्थामा छ ।
‘बैसरीको पहिरोको माथिल्लो डिलमा थुप्रिएको ढुङ्गामाटो र लेदो हटाउन डोजर लैजाने क्रममा छौं । संभवत शुक्रवार दिउँसो पहिरोग्रस्त क्षेत्रमा डोजर पुगेर काम सुरु हुन्छ’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख प्रजापतिले ‘माथिल्लो क्षेत्रमा चलेको पहिरो भीरको डिलबाट निरन्तर तल कालीगण्डकी नदी किनाराको सडकमा खस्ने गरेको हो । डोजरले सडकमा खस्न ठिक्क परेको ढुङ्गामाटो हटाउँदा पहिरो रोकियो भने तीन–चार दिनमै सडक खुल्छ, पहिरो रोकिएन भने मनसनु अन्त्य नभै गाहृै हुने छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
