- Loading...
महावीर पुनले निल आर्मस्ट्रङ्गलाइ किन लेखे पत्र ? जवाफ के आयो ?
- पुनहिल डट कम
- १ साल अघि
- ३५४ पटक पढिएको

सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् अध्यक्ष महाबीर पुनले चन्द्रमामा पहिलो मानव पाइला टेक्ने निल आर्मस्ट्रङ्गलाई पत्राचार गरेको विषय सार्वजनिक गरेका छन् । चन्द्रमामा पहिलो पटक मानव पुगेको ५४ वर्ष पूरा भएकै दिन पुनले आफ्नो अनुभव बाँडेका हुन् ।
“आजभन्दा ३६ वर्ष अगाडि म अन्धाधुन्ध अमेरिका पढ्न जाने प्रयास गर्दै थिएँ,” पुनले सामाजिक सञ्जालको एक पोस्टमा लेखेका छन्, “त्यसो गर्दै गर्दा चन्द्रमामा पाइला टेक्ने पहिलो मानव निल आर्मस्ट्रङ्गलाई पनि छात्रवृत्तिका लागि अनुरोध गर्दै पत्र लेखेको थिएँ ।”
पुनले उक्त पत्रको जवाफ समेत आर्मस्ट्रङ्गको तर्फबाट प्राप्त भएको उल्लेख गरेका छन् । सहयोगी मार्फत लेख्न लगाइएको उक्त जबाफी पत्रको फोटो समेत पुनले बाहिर ल्याएका छन् ।
“आर्मस्ट्रङ्गले मलाई तपाईंहरूको पत्र र नेपालको ग्रामीण शिक्षाको गुणस्तर सुधार गर्ने योजनाको सूचनालाई लिएर धन्यवाद भन्न लगाउनु भएको छ,” प्रशासन सहायक भिभियन ह्वाइटको नामबाट लेखिएको उक्त पत्रमा भनिएको छ, “शिक्षाका लागि एकदमै उच्च रूपमा अभिप्रेरित शिक्षक सबैभन्दा महत्त्वपूर्ण साचो हुने कुरामा आर्मस्ट्रङ्ग विश्वास गर्नु हुन्छ ।
तपाईंहरूको प्रयासबाट नेपाली शिक्षा क्षेत्रले अवश्य पनि फाइदा लिनेछ ।” आफूहरू विश्वभरका विद्यालयहरूलाई आर्थिक सहयोग गर्ने स्थानमा नरहेको भन्दै आर्मस्ट्रङ्गको तर्फबाट निरन्तर सफलताका लागि हौसला र शुभकामना दिइएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
