- Loading...
महावीर पुनले राष्ट्रदीप मेडल सरकारलाई नै फिर्ता दिने
- पुनहिल डट कम
- १ साल अघि
- २१७ पटक पढिएको

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूले पाएको राष्ट्रदीप पदक लिलाम बिक्री गर्न सरकारले राेक लगाएपछि सरकारलाई नै फिर्ता दिने घोषणा गरेका छन् । उनले मङ्गलवार साँझ फेसबुकमा स्टाटस लेख्दै उक्त पदक गृहमन्त्रालयलाई फिर्ता जाने जानकारी गराएका हुन् ।
पुनले वीरगन्ज कृषि औजार कारखाना मर्मत सम्भार गर्न आवश्यक रकम जुटाउनका लागि भन्दै नेपाल सरकारले दिएका र अन्य अन्तरर्राष्ट्रिय पदक लिलाम बिक्रीमा राखेका थिए । साथै त्यसबाट प्राप्त हुने रकम कारखानामा ५०० केभीएको ट्रान्सफर्मर राख्न समेत खर्च गरिने गर्ने बताएका थिए ।
कानून मिच्नेलाई कारबाही गर्नुपर्ने पक्षमा आफ्नो पूर्ण सहमति रहेको समेत पुनले उल्लेख गरेका छन् । “त्यसैले त्यो कानून मैले मान्नुपर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भएँ । बरु कानूनमा उल्लेख गरे अनुसार ती पदकहरू गृह मन्त्रालयलाई नै फिर्ता जानेछन् ।”
तर आफूले पाएका अन्तर्राष्ट्रिय मेडलको भने लिलामी बिक्री कार्य जारी रहेको समेत उनले स्पष्ट पारेका छन् । “त्यसो गर्न ती मेडलहरू दिने संस्थाहरूले नेपालको गृह मन्त्रालयले जस्तो कुनै रोकटोक लगाएका छैनन्,” उनले भनेका छन्, “त्यसैले मेडल किन्न चाहनेले भाइ आलोक सुवेदीलाई ९८१०२७६४७३ मा सम्पर्क गर्नु होला ।” “जे सुकै होस्, पछि हटिन्न । जोड लगाके अगाडि बढिन्छ, किन भने यस्ता घटनाले झनै ऊर्जा थपिदिन्छ,” उनले लेखेका छन्, “धन्न बचियो गाँठे ।”

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
