- Loading...
रियालिटी शो मेरो डान्स युनिभर्समा म्याग्दीकी देवी गर्वुजा अन्तिम ६ स्थानमा
- पुनहिल डट कम
- १ साल अघि
- १९९८ पटक पढिएको

NTV PLUS मा प्रशारण भैराखेको अति लोकप्रिय रियालिटी शो मेरो डान्स युनिभर्समा म्याग्दीकी देवी गर्वुजा अडिसनकाे अन्तिम ६ अाैं स्थानमा प्रवेश गरेकी छिन ।
विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा भै रहेकाे पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो डान्स युनिभर्समा अन्तिम ६ अाेैं स्थानमा छनाैट भएपछ टप ५ अाैं स्थानकालगाी भाेट माग्दै गर्वुजाले अाफ्नाे फेसवुक वालमा भनेकी छिन,
‘ झोर्ले, सेवा, सेवारो, टासिदेलेक, छ्याजलो, ज्वजलपा, फ्यफुल्ला, होर्छे अनि नमस्कार यहाँहरूमा म देवी गर्बुजा मगर मेरो डान्स युनिभर्सको Top Ten Finalist यहाँहरूको साथ, सहयोग तथा सद्भावका कारण म यो स्थान बनाउन सफल भएकी छु । र म अहिले top6मा पुग्न सफल भकि छु भोटमार्फत् सहयोग गर्नुहुने सहयोगी मनलाई नमन ! अमूल्य भोट दिई विजयी बनाउन यहाँहरूमाझ पुनः अनुरोध गर्दछु । अहिले top5 यानकि फाइनल को लागि धेरै competition को कारण ले पिलिज सक्दो धेरै भोट अनि share गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु! ’
म्याग्दीकाे रघुगंगा गाउँपालिका, ४ दग्नाम पुख्याैली थलाे भै वेल्जिएममा बसाेबास गर्ने गर्वुजा बेल्जियमबाटै प्रतियाेगितामा सहभागी भएकी हुन । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले गत माघ महिनामा शुभारम्भ गरेका थिए ।
मेरो डान्स युनिभर्स’ को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् भने फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। ‘डान्स युनिभर्स’ को सांस्कृतिक समुह विधाको विजेताले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फर्स्ट रनरअपले १० लाख रूपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपाल बाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरूबाट पनि नेपाली भाषीहरूको बृहत् सहभागिताको अपेक्षा राखेको छ।
अमेरिकामा गैरनाफामूलक समाजसेवी संस्थाका रुपमा दर्ता भएको यो फाउन्डेशनमा अधिकारीसहित नेपालीभाषी भुटानी युवा व्यवसायी सहभागी छन् । नेपाली भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको अधिकार खोज्दा भुटानबाट लखेटिएर आफ्नौ पितृभूमि नेपालमा शरणार्थी जीवन बिताउनुपरेकाले संसारको जुनसुकै कुनामा जुनसुकैरुपमा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई पुस्तौँसम्म अघि बढाउन सो संस्था लागिपरेको फाउण्डेसनकाे साइटमा उल्लेख छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
