- Loading...
अार्थिक अनियमितता अाराेपमा रघुगंगा गापा, १ का वडासचिवलाइ कार्बाहि सिफारिस
- पुनहिल डट कम
- १ साल अघि
- ३६८ पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका वडा सचिब सरस्वती आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेपछि गाउँपालिकाले कारबाहिरको लागि सामान्य प्रसासन मन्त्रालयमा सिफारिस गरेको जनाएकाे छ।
वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले सामाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानविन समितिले समितिले पीडित लाभग्राही, वडा कार्यालयका कागजात र सामाजिक सुरक्षा भक्ता वितरण हुने प्रभु बैँकको रघुगंगा शाखामा समेत गएर आबश्यक कागजात, तथ्य र प्रमाणहरुको आधारमा छानविन गरेको र ७० पृष्ठ लामो प्रतिवेदन बुधवारको कार्यपालिका बैठकमा पेश भएको थियो ।
कार्यपालिका बैठकले छानविन समितिको निष्कर्षका आधारमा वडा सचिब आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेको भेटिएको भन्दै आबश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिस सहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाकाले जनाएकाे छ । वडा सचिब आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भक्ताको रु १ लाख ५४ हजार २० हिनामिना गरेको र गाउँपालिकामा लाभग्राहीका आफन्तले उजुरी गरेपनि आचार्यले उक्त रकम सम्बन्धित लाभग्राहीकै खातामा जम्मा गरिदिएको भेटिएको छानविन समितिले जनाएको छ ।
‘गाउँपालिका आफैलाई कर्मचारी बारबाही गर्ने अधिकार नभएकाले आबश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो ’ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले भने, ‘वडा सचिवले अार्थिक अनियमितता गरेकाे पुष्टी भएकाेले निज वडा सचिवलाइ अावश्यक कार्वाहीकालागी सम्बन्धित मन्त्रालयमा लेखि पठाएका छाैं ।’
आचार्यले सामाजिक सुरक्षा पाउने बेगका टिकामा पुर्जा, रमायाँ फगामी पुन, लालमायाँ फगामी पुन र विन्दु गर्वुजा गरि चार जना व्यक्तिहरुको भक्ता आफ्नै हस्ताक्षर र आफै लिखित र औँठा छाप लगाएर रकम लिएको कागजातले पुष्टि गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरि वडा सचिब आचार्यले मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भक्ता समेत आफैले झिक्ने गरेको भेटिएको समितिले जनाएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
