FLASH NEWS
  • Loading...

जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०६ पटक पढिएको
जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिबेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ्ग, कोषाध्यक्षमा शिद्धार्थ शाक्य रहेका छन् । संघको सदस्यहरुमा बिबेक बानियाँ, निशान केसी, तुलनारायण पुन, ईश्वर कार्की, शिव शेरचन, विनोद घर्ती, छवि आचार्य, सुनिल शर्मा र ललिन सापकोटा रहेका छन् ।

जिल्लाका विभिन्न क्लबका प्रतिनिधिहरुको सहभागि रहको अधिवेशनमा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतको उपस्थित रहेको थियो ।