- Loading...
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्णय सच्याउन हिमालपारीका पत्रकारकाे अाह्वान
- पुनहिल डट कम
- १ साल अघि
- ११८५ पटक पढिएको

नेपाल पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङका सदस्यहरूले शुद्धीकरणकाे अावरणमा हिमाली तथा दुर्गम जिल्लामा महाँसङकाे शाखा नै नरहने र सँधै माेफसलका पत्रकारलाइ अाेझेलमा राख्ने कुत्सित मनसायले सदस्यता खारेज गरेकाे भन्दै विराेध गरेका छन ।
नेपाल पत्रकार महासंघ मुस्ताङ जिल्ला समितीसमेत प्रेस चौतारी नेपाल मुस्ताङ, समाजवादी प्रेस संगठन नेपाल मुस्ताङ र प्रेस युनियन मुस्ताङले संयुक्त प्रेस विज्ञप्ती जारी गरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले मिति २०८० साउन १० गतेको दिन महासंघको मुस्ताङ शाखा मातहतमा क्रियाशिल साधारण सदस्यहरु मध्ये २ जनाको मात्र सदस्य रहने गरी सदस्य सुद्धिकरणको नाममा अन्य सबै सदस्यहरुलाई हटाईएको प्रति खेद व्यक्त गरेका हुन् ।
जिल्ला शाखाका मुस्ताङ र मुस्ताङमा क्रियाशिल पत्रकारहरुको संघ÷संगठनहरु प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन नेपाल र प्रेस युनियनहरुले पत्रकार महासंघ प्रदेश समितिको सो निर्णयमा गम्भिर ध्यानार्कषण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा नेपाल पत्रकार महाँसङ मुस्ताङ शाखा अध्यक्ष सुन्दरकुमार थकाली, प्रेस चौचारी नेपालका जिल्ला अध्यक्ष सुनदेवी रसाईली, समाजवादी प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष आदित्य रसाईली र प्रेस युनियन जिल्ला शाखा मुस्ताङका उपाध्यक्ष तृष्णा गौचनले संयुक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
हिमाली जिल्ला मुस्ताङ जस्तो बिकट भूगोलमा कठिन परिस्थितीको सामना गर्दै खटिरहेका र संस्था जोगाएका क्रियाशिल पत्रकारहरुको घाँटी निमोठ्दै सदस्यता खारेज गर्ने जस्तो निकृष्ठ र गैरजिम्मेवारपूर्ण कार्य गरी जिल्ला शाखानै खारेज हुँने परिस्थिती गरिएको प्रति भर्सना गर्दै महासंघ गण्डकी प्रदेश समितिले गरेको उक्त निर्णय अविलम्स च्चाई मुस्ताङका पत्रकारहरुको सदस्य कायम राख्न विज्ञप्तीमा अाग्रह गरिएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
