- Loading...
वुधवार जीपसहित कालीगण्डकीमा ‘वेपत्ता ?’ चालक, काठमाण्डौबाट पक्राउ
- पुनहिल डट कम
- १ साल अघि
- ६५६३ पटक पढिएको

बेनी–जोमसोम सडक अर्न्तगत म्याग्दी सदरमुकाम बेनीदेखी १७ किलोमिटर उत्तर तर्फ महभीर–भीरकाटे खण्डबाट साउन १० गते जीप कालीगण्डकीमा फालेर वेपत्ता भनिएका चालकलाई प्रहरीले काठमाण्डौमा फेला पारेको छ ।
ग २ च १०३१ नम्बरको बोलेरो जीपसहित वेपत्ता मालिका गाउँपालिका, ५ देविस्थानका चालक कम्लेस परियार आइतवार काठमाण्डौमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले पुष्टी गरेको छ । सदरमुकाम बेनी स्थित सुमन किराना स्टोर्सबाट खाद्यान्न लिएर अन्नपूर्ण गाउँपालिका, ३ दाना र सोही पालिका, ४ नारच्याङ क्षेत्रमा खाद्यान्न वेचेर ‘करिव १४ लाख’ भनिएकाे नगद रुपैयाँसहित फर्कनेक्रममा चालक परियार ‘फिल्मी शैलीमा जीप दर्घटना’ गराई बुधवारसाँझदेखी सम्पर्क विहीन थिए ।
आइतवार विहान काठमाण्डौको एक होटलको भिजिटिङ कार्डसहित नजिकैको पसलबाट परियारले प्रहरीको नियन्त्रणमा रहेको श्रीमतिको मोवाईल फोनमा कल गरेका थिए । सोही कलको आधाारमा कलब्याक गर्दा पसलेले फोन गर्ने ब्यक्तिको हुलिया र होटनको नाम बताएपछि प्रहरीले पिछा गर्दा कालीगण्डकीमा वेपत्ता भएको अनुमान गरिएको चालक काठमाण्डौमा फेला परेका हुन ।
‘कालीगण्डकी कोरीडोर अर्न्तगत बेनी–जोमसोम सडकको भीरकाटे खण्डबाट वेपत्ता भएका ग २ च १०३१ नम्बरको बोलेरो जीपका चालक कम्लेस परियार अहिले प्रहरी सम्पर्कमा छन । भोली मंगलवारसाँझसम्म बेनी ल्याई अनुसन्धान सुरु हुन्छ’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायवउपरिक्षक मदन कुँवरले भने, ‘सम्बन्धीत ब्यक्ति नआई र घट्नाको अनुसन्धान जारी रहेकोले घट्नाको थप विवरण भन्न सकिन्न ।’
वुधवारदेखी वेपत्ता चालक खोजी गर्दा विहिवार विहान जीपको अगाडीको ‘सुमन किराना स्टोर्स’ लेखेको सीसा, वील तथा कागजातहरु अन्नपूर्ण गाउँपालिका, ७ महभीर–भीरकाटेको विचमा सडकदेखी तल कालीगण्डकी किनारामा फेला परेको थियो । जीप धनी रहेका सुमन किराना स्टोर्सका सुमन श्रेष्ठका अनुसार चालक परियारले बुधवार दिउँसो ३–४ बजेको विचमा अन्नपूर्ण गापा, २ भुरुङतातोपानीबाट नयाँ मोवाईल सीम झिकेको भन्ने सुचनाको आधारमा ‘मोवाईल ट्रयाक’ गर्दा पोखरा र पछि काठमाण्डौ पुगेको पत्ता लागेको थियो ।
श्रोतहरुले बताए अनुसार बुधवार राती चालक परियारले घट्नास्थलमा जीपको अगाडीको सिसा र लुकिङग्लास झिकी सडकबाट तल कालीगण्डकी किनारामा फालेको, आफुले लगाएको टिसर्ट र सामान बेच्न जाँदा प्रयोग गर्ने वीलसमेतका कागजात पनि खोला किनारमा फालेर जीप खोलामा फालिदिएका थिए । जीप खोलामा फालेपछि सामान बेचेर उठेको १४ लाख नगद बोकेर रातारात पर्वत सदुरमुकाम कुश्मा पुगेका थिए । कुस्माबाट बेनीमा रहेकी श्रीमतीलाई झिकाई विहिवार कास्कीको नयाँपुलबाट घोडामा घान्द्रुकहुँदै टाडापानी, घान्द्रुक देउराली पुगेर फेरी उल्लेरीहुँदै विरेठाँटी ओर्लेर पोखरा पुगी नयाँ मोवाईल समेत सामान किनेर काठमाण्डौ तर्फ लागेको श्रोतले बताएको छ ।
‘सुमन किराना स्टोर्सको जीप सहित चालक वेपत्ता भएको समाचार सार्वजनिक भएपछि केही पाठकले निज चालकले भुरुङतातोपानीमा नयाँ मोवाईल सीम झिकेको देखेको सन्देश पसल तथा जीपधनी सुमन श्रेष्ठलाई जानकारी गराएका थिए । सोही सुचनाको आधारमा नयाँ सीम झिकेको पुष्टी भएको र मोवाईल ट्रयाक गर्न सजिलो भएको थियो’जीपधनी सुमन श्रेष्ठले भने, ‘घट्नास्थलको प्रकृति देख्दा दुर्घटना होईन भन्ने लागेको थियो । हामीलाई के विश्वास छ भने, घट्ना चालक परियार एक्लेले गरेको होईन, अरु कोही पनि संलग्न रहेको शंका लाग्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
