- Loading...
इतिहासमै पहिलो पटक एसियाली खेलकुदमा सहभागिहुँदै नेपाली महिला भलिबल टिम
- पुनहिल डट कम
- १ साल अघि
- २४० पटक पढिएको

इतिहासमै पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउने अवसर पाएको नेपाली महिला राष्ट्रिय भलिबल चीनको हान्झोउमा दुई महिनापछि अग्निपरीक्षाको सामना गर्नुपर्ने भएको छ ।
समूह चरणको ड्र अनुसार नेपालको महिला भलिबल टोलीले समूह सी मा दक्षिण कोरिया र भिएतनामको सामना गर्नुपर्ने भएको हो । एसियाली वरीयतामा कोरिया चौथो र भिएतनाम छैटौं स्थानमा रहेको छ ।
कोरिया नेपालले सामना गर्न लागेको सबैभन्दा शीर्ष वरीयताको टोली हुनेछ । यसअघि नेपालले सामना गर्दै आएको भारत एसियाली वरीयताको १४ औं स्थानमा छ । एसियाली खेलकुदमा भारत रहेको समूह ए मा भने आयोजक तथा स्वर्ण दावेदार चीन र उत्तर कोरिया रहेका छन् ।
समूह विभाजन यसप्रकार रहेको छ :
- समूह ए : चीन, भारत, उत्तर कोरिया
- समूह बी : थाइल्याण्ड, चाइनिज ताइपेइ, मंगोलिया
- समूह सी : दक्षिण कोरिया, भिएतनाम, नेपाल
- समूह डी : जापान, कजाकस्तान, अफगानिस्तान, हङकङ चीन
नेपालले बेल्जियन प्रशिक्षक जान डे ब्रान्टको नेतृत्वमा प्रतियोगिताका लागि तयारी जारी राखेको छ । चार महिनाअघि सुरु भएको नेपालको तयारीमा गत महिना काभा महिला च्यालेन्ज कपले थप सहयोग पुर्याएको थियो । नेपाल तेस्रो भएको प्रतियोगितामा भारत विजेता र कजाकस्तान उपविजेता बनेका थिए ।
नेपालको एसियाली खेलकुद खेल्ने महिला भलिबल टोली :
अरुणा शाही (कप्तान), सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द, उषा भण्डारी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, संगम महतो, निरुता ठगुन्ना

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
