- Loading...
लम्पी स्किन रोगको उपचार गर्न चरनखर्क उक्लिए पशु सेवा प्राविधिक
- पुनहिल डट कम
- १ साल अघि
- २४० पटक पढिएको

गाईगोरुहरुमा लम्पी स्किन रोग फैलिएपछि जिल्लाको दुर्गम धवलागिरी गाउँपालिकाले आफ्ना पशु सेवा प्राविधिकहरुलाई लेकाली चरन क्षेत्रमा रहेका घुम्ती गोठहरुमा पठाएको छ ।
लेकाली चरन क्षेत्रमा खुल्ला तथा फिरन्ते रुपमा पालिने गाईगोठमा लम्प स्किन रोग फैलिएपछि नियन्त्रण लिन पालिकाले आवश्यक औषधी सहित पशु सेवा प्राविधिकहरुलाई हिमालमुनीका चरन क्षेत्रमा रहेका गोठमा पठाएको हो । लम्पी स्किन रोग नियन्त्रण गर्न बेनी स्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दले धवलागिरी गाउँपालिकामा ४ सय ५० थान भ्याक्सिन पठाएको हो । रोग संक्रमण नभएका वा लक्षण नदेखिएका गाईगोरु, वाच्छावाच्छीमा लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन लगाउने गरिन्छ ।
पालिकाका रोजगार संयोजक देवेन्द्र रोकाका अनुसार पालिका उपाध्यक्ष रेशम पुनको नेतृत्वमा पशु सेवा शाखाका पशु सेवा प्राविधिकको टोली ढोरपाटन सिकार आरक्ष भित्र पर्ने रुघाचौर, नौतले, जलजला र धन्समाने चरन क्षेत्रमा रहेका घुम्ती गोठमा पुगेर लम्पी स्किन रोग विरुद्धको खोप तथा माटे, जुका, खोरेत लगाएतका रोगहरुको पनि औषधी वितरण गरिएको छ ।
‘लम्पी स्किन रोग फैलिनसकेको लेकाली चरन खर्कमा संक्रमण रोक्न भ्याक्सिन अभियान चलाएका हौं’ धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले भने, ‘छरिएको पातलो वस्ती तथा धान खेती नहुने अधिकांश वस्तीमा वर्खायाममा गोरुको समेत प्रयोग नहुने भएकोले सवै चौपाया लेक तिर हुन्छन, त्यसैले यो पालिकामा संक्रमण पनि कम छ । रोकथामकै प्रयासमा छौं ।’
धवलागिरी गापाको वडा नं २ र ३ वडाका कृषकहरुले बर्खेयाममा ढोरपाटन सिकार आरक्ष क्षेत्रमा गोठ लैजान्छन । धवलागिरी गाउँपालिकाको ६ मराङ र ७ ताकमबाहेक सवै वडाबाट आ–आफ्ना पाएक पर्ने हिमाली वुक्यान र चरन क्षेत्रमा फिरन्ते शैलीमा पशुपालन र घुम्ती गोठ राख्ने चलन छ ।
बेनी स्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्रभावित क्षेत्रमा लम्पीस्किन रोग विरुद्धको भ्याक्सिन उपलब्ध गराउँदै आएको छ । केन्द्रकी नायव पशु स्वास्थ्य प्राविधिक नानुका कटेलका अनुसार गत असार मसान्तसम्म जिल्लामा ३ हजार २ सय ३६ वटा गाईगोरु तथा वाच्छाबाच्छी लम्फी स्किन रोगबाट संक्रमित छन । संत्रमितमध्य बेनी नगरपालिकामा ४ सय २१ वटा, मंगला गाउँपालिकामा ७२ वटा, मालिकामा ३ सय १५ वटा, धवलागिरी गापामा १ सय ५४ वटा, अन्नपूर्णमा ८ सय ८० वटा र सवैभन्दाबढी रघुगंगामा १ हजार ३ सय ९४ वटा गाईगोरुमा लम्पी स्किन संक्रमण फैलिएको छ ।
त्यस्तै, लम्पी स्किन रोगबाट बेनी नगरपालिकामा १९ वटा, मंगला गापमा ८ वटा, मालिकामा १० वटा, धवलागिरीमा ४ वटा, रघुगंगामा ५४ वटा र सवैभन्दाबढी अन्नपूर्णमा ७४ वटा गाईगोरु तथा वाच्छावाच्छीको मृत्यु भएको छ । केन्द्रले असार मसान्तसम्म रघुगंगा गाउँपालिका बाहेक ८० वटा चौरीसमेत १ हजार ७ सय ५५ वटा गाईगोरुलाई लम्पी स्किन भ्याक्सिन लगाएको जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
