- Loading...
निर्मल पुर्जाकाे विश्वकिर्तिमान हरिला र शेर्पाले ९२ दिनमा ताेडे
- पुनहिल डट कम
- १ साल अघि
- ३६२ पटक पढिएको

पर्वतारोहणको इतिहाँसमा संसारका ८ हजार मिटर अग्ला सवै १४ वटा हिमाल ( ६ महिना ७ दिन) माआरोहणगरी नेपाली मुलका वेलायती पूर्व लाहुरे निर्मल पुर्जाले राखेको विश्वकिर्तिमान (वल्ड रेकर्ड अफ गिनिजबुक)लाइ ताेड्दै नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरी नयाँ विश्व कीर्तिमान बनाएका छन ।
हरिला र शेर्पाले विहवार विहान ११ बजे पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गरी विश्व किर्तिमान बनाएका हुन । महिला पर्वतारोही हरिलाले निर्मल पुर्जापछि आफ्नो नयाँ योजना ‘सि मुभ्स माउन्टेन’अर्न्तगत ६ महिना भित्र ८ हजार मिटरभन्दा अग्गा संसारका सवै १४ हिमाल आरोहण गरी विश्व किर्तिमान कायम गर्ने होडमा निक्लेकी थिइन ।
‘म लैङ्गीक भिन्नताको साथ केही परिवर्तनकालागी यो अभियानमा निक्लेकी हुँ’ क्रिस्टिनाले आफ्नो इष्टाग्राममा लेखेकी छिन, ‘अब म देखाउँछु कि केटीले पनि त्यसै गर्न सक्छिन ।’
पर्वतारोहीहरुले हिमाच चढ्न जान हेलिकोप्टर प्रयोग गर्छन । आधार शिविरसम्म पुग्न हप्तौं लाग्ने समय हेलिकोप्टरले एक घन्टामै आधार शिविरको माथिल्लो खण्डमै पुर्याउँछन । निर्मल पुर्जाले जस्तै क्रिष्टिनाले पनि एक हिमालबाट अर्को हिमालको आधार शिविरसम्म पुग्न हेलिकोप्टर प्रयोग गर्ने गरेकी छिन । साथै उनहिरुले हिमाल आरोहण क्रममा यात्रा गति बढाउन पुरक अक्सिजन पनि प्रयोग गर्छन ।
क्रिष्टिनाको नाममा एक बर्ष ५ दिनमा संसारका सवै ८ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने महिला पर्वतारोहीको किर्तिमान छ । यस अघि यो किर्तिमान चिनियाँ महिला पर्वतारोही डोङ, होङ जुआनको नाममा थियो । हरिलाले पुनः सन् १०२३ मा ६ महिना भित्र सवै हिमाल चढ्ने महोत्वाकाँक्षी अभियानमा जुटेकी हुन ।
अाराेही हरिलाकाे फेसवुक पेजमा उल्लेख भए अनुसार उनले अन्नपूर्ण प्रथम (८०९१ मी) ५ जुन २०२३ विहान ६ बजे, धौलागिरी (८१६७ मी) २९ मे २०२३ विहान ६.१५ बजे, ल्होत्से (८५१६ मी) २३ मे २०२३ विहान ११.१५ बजे, सगरमाथा (८८४८.८६ मिं २३ मे २०२३ विहान ३.१५ बजे, कञ्चनजंगा (८५८६ मी। १८ मे २०२३ मध्यान्न १२.४५ बजे, मकालु (८४८५ मी.) १३ मे २०२३ विहान ८.३५ बजे,चोयु (८८१८ मी) ३ मे २०२३ दिउँसो २.४५ बजे र शिशापाङमा (८०२७ मी) २६ अप्रिल २०२३ बेलुकी ५ बजे हिमाल अाराेहण गरिसकेकी छिन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
