- Loading...
म्याग्दीका गाउँमा भलिवल ‘क्रेज’ः ‘ढुङ्गाको काप फोडेर पनि उम्रन्छ पिपल’
- पुनहिल डट कम
- १ साल अघि
- ३०७ पटक पढिएको

अन्नपुर्ण गाउँपालिका, ६ घारको छेउमा अवस्थित छ, दर्जीहरुको वस्ती । वस्ती छेउको धरमपानी खोला किनारको सानो चौरमा गाडेको खाँबोमा फाँटेर धुजाधुजा भएको भलिबलको जाली (नेट) टाँगिएको छ । जालीको न तल्लो बिट छ न बीचमा बल छेक्ने धागो नै । मैदानमा वारिपारि चार–चार जना किशोर बाँडिएर राम्ररी हावा नभरिएको पुरानो बल खेलिरहेका थिए ।
झुत्रो जाली र जीर्ण बलले अन्नपूर्ण गाउँपालिका–६ धरमपानीका दर्जी समुदायका युवाहरू खेलिरहेको हेर्दा भलिबलप्रतिको लगाव झल्किरहेको थियो । अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट ८ किलोमिटर दक्षिणमाथि पर्यटकीय बस्ती घोरेपानी उक्लने धरमपानी टोलका युवाहरूको यो खेलले हिमाली बस्तीसम्म रहेको भलिबलप्रतिको ‘क्रेज’ देखिन्थ्यो ।
धरमपानीका दलित समुदायका युवाले तिहारमा भैलो खेलेर जम्मा गरेको पैसाले किनेको एउटा भलिबल र जाली फाटेपछि अर्को किन्न नसकेको बताए । ‘गाउँमा हामी दलितका केटाकेटीले सजिलै भलिबल खेल्न पाउन्नथ्यौं,’ स्थानीय राजेश दर्जीले भने, ‘अग्रज दाइहरूले ५ वर्षअघि श्रमदान गरी यो मैदान बनाएपछि रहर पुगुन्जेल खेल्ने अवसर त पायौं तर सामानको सधैं अभाव भयो । जाली र बल राम्रो भए एक दिन हाम्रा भाइबहिनी पनि खेलाडी बन्ने थिए ।’
धरमपानीमा मात्रै होइन, जिल्लाका प्रायः बस्तीमा भलिबल लोकप्रिय छ । हरेक टोलका किशोरकिशोरी तथा युवा उमेरका जोकोही फुर्सद मिल्यो कि बल बोकेर खेल्न निस्किहाल्छन् । गाउँमा खेल्ने न मैदान हुन्छ, न गतिलो बल र जाली नै । अभावकै बीच पनि उनीहरू स्थानीय स्रोतसाधन जुटाएर खेलप्रतिको लगाव कम हुन दिँदैनन् । यहाँ बाबियोको डोरी र कपडाकै बल बनाएर पनि खेल्ने चलन अझै हटेको छैन ।
घारको धरमपानी टोलका किसोर/युवामा मात्र होईन, जिल्लाका प्रायः सवै वस्तीमा भलिवल खेल लोकप्रिय छ । मापदण्ड अनुसारको खेलमैदान, गुणस्तरिय भलिवल र जाली टाँगेर खेल्ने अवसर गाउँमा हुँदैन । बावियो वा गुन्द्री बुन्ने डोरी टाँगेर कपडाकै सही भलिवल बनाएर खेल्ने अवस्था यहाँका गाउँबाट अझै हटेको छैन ।
जिल्लामा भलिवल र बास्केट वल खेल लोकप्रिय मानिन्छ । ‘ढुङ्गाको काप फोडेर पनि उम्रन्छ पिपल’ भने झै उपयुक्त खेलमैदान, खेल सामाग्री तर तालिम विनै पनि म्याग्दीबाट भलिवलमा केही खेलाडी उदाएका छन । महिला भलिवलका राष्ट्रिय क्याप्टेन अरुणा शाही, टिमकी सदस्य कमला पुन यहीबाट उदायका खेलाडी हुन । नेपालमा भलिवल खेल भित्रिएको करिव ८३ बर्षमा नेपाली टिमले थोरै मात्र पदक हात पारेको छ । महिला भलिवलको ३० बर्षे इतिहाँसमा म्याग्दीकै गाउँमा दुख र अभाव विचबाट उदायका महिला भलिवलकी राष्ट्रिय कप्तान अरुणा शाही, कमला पुनहरुले पहिलो पटक एउटा मात्र स्वर्ण पदक जिताएका थिए । त्यस्तै राष्ट्रिय महिला भलिवल प्रशिक्षक कौशिला केसी पनि यहींका गाउँका पाखा र खोल्सामा भलिवल खेलेरै उठेकी हुन ।
म्याग्दीकै गाउँमा दुःख र अभावबीचबाट उदाएका महिला भलिबलकी राष्ट्रिय कप्तान अरुणा शाही, कमला पुनले बंगलादेशमा आयोजना गरिएको सेन्ट्रल एसियन भलिबल वुमेन्स च्यालेन्ज कप (सन् २०१९ र २०२१) मा ऐतिहासिक स्वर्ण पदक दिलाएका थिए । त्यस्तै राष्ट्रिय महिला भलिबल प्रशिक्षक कौशिला केसी पनि यहींका खोल्सामा बाबियोको डोरी र कपडाको बलमा अभ्यास गर्दै उदाएकी हुन् ।
धरमपानीमा मात्रै होइन, जिल्लाका प्रायः बस्तीमा भलिबल लोकप्रिय छ । हरेक टोलका किशोरकिशोरी तथा युवा उमेरका जोकोही फुर्सद मिल्यो कि बल बोकेर खेल्न निस्किहाल्छन् । गाउँमा खेल्ने न मैदान हुन्छ, न गतिलो बल र जाली नै । अभावकै बीच पनि उनीहरू स्थानीय स्रोतसाधन जुटाएर खेलप्रतिको लगाव कम हुन दिँदैनन् । यहाँ बाबियोको डोरी र कपडाकै बल बनाएर पनि खेल्ने चलन अझै हटेको छैन ।
नेपालमा सन् १९९० को दशकमा बेलायती सेनामा भर्ति भएका लाहुरेहरुले घर छुट्टी आउँदा भलिवल र जालीसँगै भलिवल खेल भित्राएको मानिन्छ । साँघुरो स्थानमा पनि खेल्न मिल्ने भएकोले भलिवल गाउँपाखामा पनि लोकप्रिय भएको हो । भलिवल खेल भित्रिएको ८ दशकबढी पुरा भएको र नेपाली भुगोल सुहाउँदो तथा सर्वाधिक लोकप्रिय खेल भएपनि यो खेल क्षेत्र अझै दरिद्र अवस्थामा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घारको धरमपानीको खेलमैदान र खेल सामाग्रीले नेपाली खेल क्षेत्र र भलिवल खेलको अवस्थालाई चित्रित गरेको छ ।
‘म्याग्दीका सबै बस्तीमा खेलिने भए पनि राज्यको नजर भलिबलको विकासमा पर्न सकेन,’ म्याग्दीका पुराना र चर्चित भलिबल खेलाडी वेग शाहीले भने, ‘खेल क्षेत्रलाई कमाइखाने भाँडो बनाएकाले राम्रालाई भन्दा हाम्रालाई च्याप्ने गरेकाले क्षमतावान खेलाडी ओझेल पर्दै गए । केही वर्षयता म्याग्दीका महिला भलिबल खेलाडी ढुंगाको काप फोडेर निक्लेका छन् ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
