- Loading...
जंगली रातो च्याउ, मनग्य पैसा कमाउ
- पुनहिल डट कम
- १ साल अघि
- ३२० पटक पढिएको

घुम्म बादल । सिमसिम झरी । बाक्लो घुम ओडेका गाउँलेहरु झ्याम्म निगालाको झाडीले ढाकेको जंगल भित्र सुकेका अग्ला रुख र पल्टेका ठूल्ठूला रुखका मुडा–मुडा चाहर्न ब्यस्त छन ।
गाउँघरको जंगलमा खेर गैरहेको च्याउको माग बेनी, पोखरा, काठमाण्डौ लगाएतका ठुला शहरका घरानिया भान्सामा हृवात्तै बढेपछि म्याग्दीको उपल्लो भेग (१८ सय मिटर माथीका बस्ती)का किसानलाई च्याउ खोज्न हतारो छ ।
‘रातो च्याउ सवैले एक पटक देखेपछि ठ्याक्कै चिन्छन । यतिवेला गाउँलेहरु डोको बोकेर जंगलमा रातो च्याउ टिप्ने हतारो छ’ धवलागिरी गाउँपालिका, २ लुलाङका वडाध्यक्ष अककुमार विकले भने, ‘फुर्सदहुँदा म पनि परिवारका सदस्यसँगै रातो च्याउ टिप्न जंगल जान्छु । यो हामीले यसको महत्व नवुझेर हो विदेशमा त गानोदर्मा भन्दै औषधीको रुपमा प्रयोग गर्छन ।’
विकले थपे, ‘गाउँका सवैले रातोच्याउ टिप्ने भएकोले धेरै टाढा हिमालमुनीसम्मै पुग्नु पर्छ । टिप्न सके ब्यापारी हात–हातमा पैसा बोकेर दैलोमै आउँछन । जंगका मुढामा पैसा फलेको छ, जति टिप्न सक्यो उति राम्रो ।’

:jflbnf] /ftf] Rofp M DofUbLsf] wjnflu/L ufp“kflnsf, @ n’nfªsf s[ifsn] h+unaf6 l6k]/ NofPsf] /ftf] Rofp . /ftf] Rofpsf] :jfbsf kf/vLx?sf cg’;f/ cf}ifwLou’0fn] o’Qm /ftf]Rofp kf]if0fn] el/k”0f{ x’g] ePsf]n] Rofpsf] u’0f / :jfb lrg]sf tyf ufp“af6 ;x/ em/]sfx? /ftf]Rofp vf]hLvf]nL vfg] u/]sf 5g . t:jL/ M sflGtk’/
च्याउमा प्रोटिन, विभिन्न मिनरल्स तत्त पाइन्छ । च्याउमा भिटामिन ए, वि, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । च्याउमा पौष्टिक खाना रहेको पोषणविदहरु बताउँछन । च्याउको स्वादका पारखीहरुका अनुसार च्याउले मासुको स्वादलाई समेत विर्साउँछ । च्याउ मासु भन्दा सस्तो तर स्वास्थ्यवर्द्धक मानिएकोले सहरिया घरानाहरु आकर्षित बन्दै गएका छन ।
च्याउ उम्रन निस्चित खुराक, तापक्रम र आद्रता चाहिन्छ । मध्य जेठदेखी मध्य असारसम्मम र मध्य भदौदेखी असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौषम हो । ंजंगली रातो च्याउ पाईने क्षेत्रका अनुभवी रघुगंगा गाउँपालिका, ८ कुर्ईनेका ७६ बर्षिय बलविर छन्त्यालका अनुसार बढी झरी वादल हुने समयमा रुखमा च्याउ उम्रन्न । तापक्रम बढी भएको, ओसिलो तर बर्षा कम हुने समयमा मात्र च्याउ उम्रने उपयुक्त वातावरण हो ।
नेपाली समाजमा परापूर्वकालदेखी रैथाने खानाको रुपमा च्याउको उपयोग गरिँदै आएको छ । च्याउको स्वादका पारखीहरुका अनुसार रातो च्याउले मासुको स्वादलाई समेत विर्साउँछ । च्याउ बोईलर कुखुराको मासु भन्दा धेरै महंगो पर्ने भएपनि स्वास्थ्यवर्द्धक मानिएकोले सहरिया घरानाहरु आकर्षित बन्दै गएका छन ।
रातो च्याउको स्वादका पारखीहरुका अनुसार औषधीयगुणले युक्त रातोच्याउ पोषणले भरिपूर्ण हुने भएकोले च्याउको गुण र स्वाद चिनेका तथा गाउँबाट सहर झरेकाहरु रातोच्याउ खोजीखोली खाने गरेका छन । बेनी, बाग्लुङका जुन सुकै होटलमा पुगेपनि अर्डर अनुसार रातो च्याउको स्वाद पाउन सकिन्छ ।
सुकेका रुख र ढलेपपढेका मुडाहरुमा उम्रने रातोच्याउ अन्य च्याउ जस्तो झुक्किने र विषालु हुँदैन । तर जंगलका सवै रुखमा भने च्याउ उम्रन्नन । लेकाली जंगलका खस्रु, हिमाली सल्ला, फलाट, दवदवे जातका सुकेका रुखमा मात्र रातो च्याउ उम्रन्छ । सवै जातका रुख र काँचो रुखमा भने यो च्याउ उम्रन्न ।
रातो च्याउ जति स्वादिलो र स्वास्थ्यवर्दक छ, टिप्न उत्तिकै गाहृो हुन्छ । पहिलो, घरदेखी टाढा बाघभालुको आक्रमण हुन सक्ने जंगलमा पुग्नु पर्छ, दोस्रो सुकेका अग्ला रुखमा मात्र उम्रने भएकोले रुखमा ज्यान जोखिममा राखेर चढ्नु पर्छ । च्याउ टिप्न रुखमा चढ्दा स्थानीयले बलियो काठका धेरै किल्ला बनाउँछन र सुकेका रुखमा ति काठका किल्ला ठोक्दै माथी चढेर च्याउ टिप्छन । यसरी काठका किल्लालाई स्थानीयले ‘डक ठोक्ने’ भन्दछन । सुकेका र कुहिन थालेका रुखमा चढ्नु पर्ने भएकोले रुख ढलेर वा रुखमा ठोकेका काठका डक भाँचिएको खण्डमा पनि च्याउ टिप्ने कृषक दुर्घटनामा पर्ने र ज्यानै गुमाउन सक्ने जोखिम रहन्छ ।
‘स्वादिलो रातो च्याउ खान मिठो हो । किन्नेकालागी महंगो छ । टिप्नेलाई अति सास्ती हुन्छ । जंगलमा गएर टिप्ने त हो तर सवै रुखमा उम्रन्न । जस्ले पहिला भेट्यो उसैले टिप्ने भएकोले दिनभर खोज्नु पर्छ । कहिले त रित्तै घर फर्कनु पर्छ’ अहिले सदरमुकाम बेनीको क्याम्पसचोक बस्ने रघुगंगा गाउँपालिका, ८ पात्लेखर्ककी भुमायााँ गर्वुजाले भनिन, ‘धेरै बर्ष रातो च्याउ टिपियो । च्याउ चिन्ने र खाने सीप र ज्ञान भने अघिल्लो पुस्ताले ल्याएको देखेर र खाएको स्वादका आधारमा पुस्तान्त्रण हुँदैजान्छ ।’
जंगली रातो च्याउमा राम्रो दख्खल राख्ने ५६ बर्षिया भुमायाँ गर्वुजाले थपिन, ‘जंगलका रुखमा पाईने रातो, सेतो च्याउ उम्रने ठाउँमा ‘सिमाल’ भन्ने विषालु झार पाईन्छ । च्याउ टिप्दा यो झारको पात च्याउसंग आउन सक्छ, घरमा ल्याएर राम्रोसंग केलाएर, पखाली पकाउँदा ढुक्कले खान सकिन्छ ।’
सिजन अनुसार वनपाखामा आफै उम्रने निउरो, ढकायो, टुसा, वन लसुन होस वा रातो च्याउ बेचेर यहाँका जाँगरिला कृषकले मनग्य आम्दानी गर्ने गरेका छन । म्याग्दीको गुर्जा, लुलाङ, मुदी, चिमखोला, कुईने, मंगले, घाँसीखर्क, राम्चे, घोडेपानी लगाएतका माथिल्लो वस्तीमा जंगलमा रातो च्याउ ब्यापारिक संकलन गर्ने गरिएको छ । पुस्तौंदेखी रैथाने तरकारी खान प्रयोग हुँदै आएको रातो च्याउ अहिले ब्यापारिक प्रयोजनकालागी पनि टिप्न थालिएको छ ।
सुखी जीवनको खोजीमा मान्छे बसाई सर्छन । दुर्गम गाउँटोलबाट सहर र विदेश पुग्नु नौलो छैन । देश विदेश जहा पुगेपनि सहरको स्वादमा पुरै भिज्न नसकेका र गाउँको अर्गानिक तथा जैविक उत्पादनको स्वाद नर्बिर्सेका उपभोक्ताले गाउँबाट जंगली रातो च्याउ, ढकायो किनेर लैजाने वा आफन्त मार्फत मगाउने गर्छन । म्याग्दीका जंगलमा प्रशस्त उम्रने जैविक खाद्यान्नहरु च्याउ, ढकायो, निगुरो, टुसा आदी तरकारीजन्य खाद्यान्न हङकङ, बेलायत, कोरिया, जापान, अमेरिका, बेल्जियम लगाएत धेरै देशमा पुग्छ ।
रातो च्याउ किन्न अर्का ग्राहक भने सहरबाट म्याग्दी/मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटक हुन । ‘घुमन्ते पाहुना पूर्वको होस वा पश्चिमको । जनुसुकै जातकै किन नहोस, यदी ऊ स्वादको पारखी छ भने म्याग्दीका अर्गानिक तथा जैविक उत्पादन रातो च्याउ किनेर लैजान्छ’ सदरमुकाम बेनीमा स्थानिय अर्गानिक उत्पादन बेच्ने मितेरी लोकल मार्टकी कमलकुमारी पुनले भनिन्, ‘रातो च्याउको माग बढी भएकोले स्थानीय उत्पादन बेच्ने कोसेली घरहरुले मात्र होईन बेनीका प्रायः सवै डिपार्टमेन्ट स्टोर, तरकारी तथा किनारा पसलमा किन्न पाईन्छ ।’
यहाँका गाउँमा पुगेका कर्मचारी, शिक्षक र स्थानीयबासीको जिव्रोमा गढेको स्वाद नै रातो च्याउको मुख्य ब्राण्ड र उनीहरुले साथीभाई, आफन्त र छिमेकीसँग गर्ने स्वादको बखानको वचन विज्ञापन नै सहरमा लोकप्रिय जैविक खाद्यन्नको रुपमा विक्रि बढ्नु हो ।
गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिदै आएको र जंगलमा खेर गैरहेको जंगली रातो च्याउ ब्यापारिक प्रयोजनकालागी पनि संकलन गर्ने गरिएको छ । जिल्लामा सवैभन्दा बढी जंगली च्याउ गुर्जाबासी टिप्छन । ६ सय रुपैयाँ प्रति केजी विक्रि भैरहेको जंगली रातो च्याउ बेचेर गुर्जाबासीले एक परिवारले मात्र बार्षिक १० हजारदेखी ५ लाखसम्म आम्दानी गर्छन । अहिले बेनीमा ताजा च्याउको मुल्य प्रति केजी एक हजार पर्छ भने सुकुटी बनाएका च्याउको मुल्य प्रति केजी ४–५ हजार मुल्य पर्छ ।
बादलमुनीका दुर्गम वस्तीसम्म मोटरबाटो पुगेको छैन । नजिकको बजार पुग्न कम्तीमा दुई दिन लाग्छ । फेरी ग्रामिण सडक बर्खालागेसँगै गाडी गुड्न छोडेका छन । त्यसैले लेकाली जंगलमा टिपेको च्याउ तत्काली वेंशीका सहर, बजारमा लैजान संभव हुँदैन ।
जंगलबाट टिपेर ल्याएफछि टुक्राटुत्रापारी घाममा सुकाउनु पर्छ । सवै बेला वर्खाको समयमा घाम लाग्दैन । त्यस्तो बेला च्याउ कुहिने हुन्छ । कसैले घरको अगेनाको माथी भार बनाई भकारी राखेर त्यहाँ च्याउ सुकाएर तलबाट आगो फुकेर ताप र धुँवाले सुकाउनु पर्छ ।
‘मेरो परिवारले मात्र जंगली ढकायो र रातो र सेतो च्याउ बेचेर बार्षिक ८० हजारभन्दाबढी आम्दानी गछौं’ धवलागिरी गाउँपालिका, ३ मुनाकी धनमायाँ विकले भनिन, ‘खेती गर्न पर्दैन, गाईबाख्राले खाईदेला भन्ने पनि हुँदैन । खेतीपातीको काम भ्याएपछि झरीवादल र जुकाको ढोकाई खप्न र जाँगर भए वनभरी पैसा फलेको हुन्छ ।’ बिकले थपिन, ‘जेठ/असार र भदौ, असोजमा संकलन गरेको च्याउ कात्तिक/मंसिरमा दरवाङ र बेनीका पसलमा लगेर बेच्छु । उनीहरुले पहिल्यै पैसा दिने भएकोले नकिल्ला भन्ने हुन्न ।’
वन कार्यालयको अभिलेख अनुसार जिल्लाभरको जंगलबाट ३० क्वीन्टल रातो च्याउ उत्पादन क्षमता राख्छ । गत बर्ष म्याग्दीबाट ५ क्वीन्टल निकासी भै प्रति केजी १० रुपैयाँका दरले ५ हजार राजश्व संकलन भएको थियो । जिल्ला भिक्र वित्रि हुने च्याउको संकलन र विक्रि अनुमति चाहिँदैन । ब्यापारिक प्रयोजनमा निकासी हुनेले मात्र राजश्व तिरेर लैजाने गरेका छन ।
म्याग्दीको जंगलमा बहुमुल्य गुच्ची च्याउ पनि पाईन्छ । गुच्ची च्याउको राजश्व मात्र प्रति केजी ३ सय रुपैयाँ रहेको छ । अघिल्लो बर्ष २ क्वीन्टल गुच्ची च्याउ बाहिर निकासी भएकोमा यस बर्ष भने कसैले संकलन पुर्जी समेत लिएको छैन । च्याउ प्रजातिको यार्चागुम्बु पनि म्याग्दीको जंगलमा पाईन्छ ।
‘म्याग्दीका लेकाली जंगलमा प्रशस्त पाईने रातोच्याउको सहरमा माग बढेसँगै ब्यापारीले राजश्व तिरेरै काठमाण्डौसम्म पुर्याउँछन । केहीले विदेशसमेत लैजाने गरेका छन’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षत्रीले भने, ‘लेकाली जंगलमा पाईने रातोच्याउ स्थानियले संकलन गरी सहर र विदेशमा भएका आफन्तलाई कोसेलीको रुपमा पनि पठाउने गरेका छन । प्रशस्त पाईने भएकोले हामीले पनि स्थानीयलाई संकलन पूर्जी दिने गरिएका छैनौं’ । अधिकृत क्षत्रीले थपे, ‘लेकाली रातो च्याउ खाएर मान्छे विरामी परेको सुनिएको छैन । अन्य भुईमा पाईने च्याउ भन्दा रुखमा पाईने यो रातो च्याउ सुरक्षित मानिन्छ ।’
नेपाल कृषी अनुसन्धान परिषद च्याउ इकाइ परिषदको रातोच्याउ खेती प्रविधी पुस्तिकामा उल्लेख भए अनुसार च्याउमा प्रोटिन, विभिन्न मिनरल्स तत्त पाइन्छ । च्याउमा भिटामिन ए, वि, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । च्याउ पौष्टिक खाना हो । च्याउ उम्रन निस्चित खुराक, तापक्रम र आद्रता चाहिन्छ । च्याउ खान अनुभव र विश्वास होईन ज्ञान चाहिन्छ भन्ने गरिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
