- Loading...
नर्सिङ कामका लागि बेलायत जान सरकारले खुलायो आवेदन
- पुनहिल डट कम
- १ साल अघि
- २२४ पटक पढिएको

|Nurses of Nepali Mediciti pose for a photo while attending a programme organised to celebrate International Nurses Day at the hospital in Lalitpur, on Thursday, May 12, 2022.
बेलायतमा १०० जना नर्स पठाउने विषयमा नेपाल सरकार र बेलायत सरकारबीच सम्झौँता भएको छ । सम्झौँता भएसंगै श्रम तथा रोगगार मन्त्रालयले त्यहाँ जान चाहने नर्सका लागि अनलाइन आवेदन खुल्ला गरेको छ ।
आवेदन फारम २० जुलाई (आज) देखि अक्टुबर १९ सम्म खुल्ला रहेको बताइएको छ ।
आवेदनका लागि मुख्य मापदण्ड के ?
बेलायतमा काम गर्न जान चाहने नर्सका लागि दुई पक्षीय सम्झौँता हुँदै गर्दा केही न्युनतम योग्यता समेत तोकिएको छ । ती योग्यता पुगेका नर्सले मात्रै आवेदन दिन सक्नेछन् ।
१. आवेदक नेपाली नागरिक हुनुपर्यो । नेपाली पासपोर्ट हुनु परयो जसको म्याद आवेदन गरेको समयको अन्तिम दिनदेखि कम्तीमा १ वर्ष रहेको हुनु परयो ।
२. आवेदकले निम्नमध्ये कुनै एक शैक्षिक योग्यता पुरा गरेको हुनुपर्छ : नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, नर्सिङमा स्नातक (बीएस्सी नर्सिङ वा बीएन) वा नर्सिङमा स्नातकोत्तर गरेको व्यक्ति ।
३. नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त व्यक्ति हुनु पर्दछ । आवेदक पछिल्लो दुई वर्षको कुनै मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने छ । सन् २०१९ भन्दा अघि काम गरेको अनुभवलाई मान्यता दिईदैन ।
४. निम्नमध्ये कुनै एक अंग्रेजी भाषामा प्रवीणता पत्र तह हुनु पर्दछ :
- आइईएलटीएस को रिडिङ, लिस्निङ, र स्पिकिङ स्कोर ७ आउनु पर्छ । राइटिङमा ६.५ ल्याउनु पर्छ ।
- यस्तै ओइटिमा कम्तीमा बी ग्रेड रिडिङ, राइटिङ र लिस्निङ र सी प्लस राइटिङमा आउनु पर्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
