- Loading...
साउन २ गतेदेखी मलमास शुरू हुँदै, मलमासका कारण असोजमा धकेलियो तीज, कात्तिक ७ मा दसैं
- पुनहिल डट कम
- १ साल अघि
- २५६ पटक पढिएको

याे वर्ष साउन २ गतेदेखी मलमास सुरू हुँदै छ । मलमासकाे कारण ०८० सालकाे प्राय: सबै चाडपर्व १५ दिन पछाडि सरेका छन् । नयाँ सालको दसैं कात्तिकमा परेको छ भने तीजको व्रत असोजमा सरेको छ ।
आगामी हरितालिका तीजको व्रत असोज १ गते परेको छ । त्यसैगरी २०८० सालको घटस्थापना असोज अन्तिम, अर्थात् असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ ।
तिहार पनि करिब १५ दिन पछाडि धकेलिएको छ । याे वर्षको भाइटीका कात्तिक २९ गते परेको छ ।
साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन् । असार १९ गतेबाट सुरु भएकाे श्रावण कृष्णपक्ष साउन १ गते सकिएकाे छ। भाेली साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको छ ।
यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ । भदाै १४ गतेसम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५-२० दिन पछाडि धकेलिएका हुन् ।
२०८० सालमा चैते दसैं नै गायब भएको छ । २०८० सालको चतुर्थी तिथिमै चैत्र मास समाप्त हुने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सरेको छ ।
के हाे मलमास ?
मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।
अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
