- Loading...
साउने संक्रान्तिमा अन्नपुर्ण गाउँपालिकामा सार्वजनिक विदा
- पुनहिल डट कम
- १ साल अघि
- २९२ पटक पढिएको

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिकाले अागामी साउन १ गते (साउने सक्रान्ती) लुताेपुताे फाल्ने दिनमा सार्वजनिक विदा दिने भएकाे छ ।
गाउँकार्यपालिकाकाे शुक्रवार बसेकाे बैठकले निर्णयगरी साउने सक्रान्तीमा सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । साउने संक्रान्तीलाइ यस भेगका पुन/मगर समुदायले विशेष चाडकाे रूपमा मनाउने गर्छन ।
पुन/मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रूपमा मनाउने गर्दछन्। साउने सङ्क्रान्तिलाई ‘हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई ‘वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन्। अथात् माघे सङ्क्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो भनेर मनाउने हो।
यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति/सङ्क्रान्ति पनि भन्ने गरिन्छ। परम्परादेखी लेकाली मगर बस्तीमा साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ। साउने सक्रान्तिमा मगर समुदायले मात्र हाेइन अन्य हिन्दुहरूले पनी राती घरकाे अागनबाट चारै दिशामा तुताेपुताे लैजा भन्दै चिच्चाएर अगुल्टाे फाल्ने चलन छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
