- Loading...
पहिराेले लुलाङकाे माइक्राेहाइड्राेकाे पावर हाउस बगायाे, वस्ती अन्धकार
- पुनहिल डट कम
- १ साल अघि
- ३२८ पटक पढिएको

जिल्लाकाे दुर्गम धवलािगरी गाउँपालिका, २ लुलाङ स्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविधुत परियोजनाको पावरहाउसमा पहिराेले क्षति पुर्याएपछि दुर्गम दलित वस्ती लुलाङ्गका सवै तीन सय ४२ घरधुरी अन्धकार भएका छन ।
वुधवार राती देखी परेको बर्षाको कारण विहिवार विहान १० बजेतिर विधुत गृहको माथील्लो मरेनीको पाखोबाट पहिरो खस्दा विधुत गृहमा क्षति पुगेको हो । धवलागिरी गापा, २ का वडाध्यक्ष अकप्रसाद विकका अनुसार पहिरोले विधुत गृहको नवाईन, पाईप र भवन सवै बगाएको छ ।
०७० सालमा लम्सुङमा आएको पहिरोले लुलाङ लघुजलविधुत आयोजनाको पावरहाउससहित सवै संरचना बढाएपछि पुनः ५ किमी माथी नयाँवनमा वैकल्पिक उर्जाको ८६ लाख, धवलागिरी गापाको ६० लाख र स्थानीयले १० लाख मुल्यबराबर श्रमदान जुटाएर दुई वर्ष अघि मात्र पुनःनिर्मण गरिएको थियो ।
साविक जिल्ला विकास समिति अर्न्तगत युएनडिपीको सहयोगमा स्थापित उर्जा विकास शाखाले ०५७/०५८ सालमा दरखोला दोस्रो लुलाङ्ग (२५ किवा) लघुजलविधुत आयोजनाबाट उज्यालो गर्दै आएका लुलाङवासीलाई दरखोलामा आउने बाढीले बारम्बार दुख दिने गरेको छ ।
‘विधुतको केन्द्रीय लाईन नपुगेको लुलाङमा रहेको एक माक्र माईत्रो हाइड्रो पनि आज विहान आएको पहिराले बगाएपछि हामी फेरी अन्धकारमा पुगेका छौं’ वडाध्यक्ष अकप्रसाद विकले भने, ‘०५८ सालमा विधुत बनेपछि ०६८ मा बाढीले नहर बगायो मर्मत गर्यौं, फेरी ०७० सालमा नहर र पावरहाउस सवै पहिरोले बगायौं फेरी अर्को ठाउँमा सारेर विजुली बालेका थियौं । प्रकृतीले पनि हामी निमुखा दलितबस्तीमाथी दुख दियो । फेरी पहिरोले पावर हाउसनै बगायो ।’
म्याग्दी जिल्लाको सवैभन्दा ठूलो र दुर्गम धवलागिरी गाउँपालिकाको २ नम्बर वडा हो, लुलाङ । कामी जातिको बाहुल्य लुलाङमा मगर र एकाध घर थकाली जातीको बसोबास छ । लुलाङ, लम्सुङ, मरेनी, नयाँवन र खोरिया यहाँका मुख्य वस्ती हुन । लुलाङ विक र खोरिया मगरको मात्र एकल वसोवास भएका वस्ती हुन । लम्सुङ र मरेनी भने मिश्रित बस्ती हुन । ३ सय ४२ बढी घरधुरी रहेको लुलाङमा १ सय ८ परिवार मगर। २ सय २१ घर कामी, ७ घर दमाई र ४ परिववार थकाली जातीको बसोबास छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
