- Loading...
१४ मेगावाटको घारखोला जलविधुतबाट परीक्षण उत्पादन सुरु
- पुनहिल डट कम
- १ साल अघि
- ७५१ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माण भएकाे १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । अायाेजनाले ०७४ चैत देखी निर्माण सुरू गरेकाे थियाे ।
आयोजनाले मंगलबारदेखि अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित विद्युत् गृहबाट सोही गाउँपालिका–२ भुरुङ तातोपानी हुँदै ३ नम्बर वडामा पर्ने दाना सबस्टेसनसम्मको ८ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रसारण हुने उल्लेख गरेको छ ।
आयोजनाले सूचना प्रकाशित गरी भनेको छ, ‘असार २६ गतेदेखि अन्नपूर्ण गाउँपालिका–६ पोखरे हुँदै वडा नम्बर २ भुरुङ र वडा नम्बर ३ दानाको सबस्टेसनसम्म ३३ केभी प्रसाारण लाइनमा विद्युत् प्रसारण हुने भएकोले विद्युतीय तार, पोल तथा स्टेशन आदि संरचना नछुनु होला ।’
आयोजनाले हेडर्वक्स, टनेल, पेनस्टक पाइप तथा टर्बाइनहरुको परीक्षण, पुनः परीक्षणपछि मंगलबारदेखि विद्युत् प्राधिकरणको प्रत्यक्ष निगरानीमा राष्ट्रिय ग्रीडमा जोडिन लागेको हो ।
‘एक हप्तादेखि आयोजनाले हाईड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फका सबै कम्पोनेन्टहरुको एक महिनासम्म अब्जर्भ गर्यौं । सबै इन्डिकेटरहरु न्युट्रल भएपछि परीक्षण उत्पादन सुरु गरेका हौं,’ घारखोला जलविद्युत् आयोजना प्रमुख विनोद देवकोटाले भने, ‘प्राधिकरणका प्रतिनिधिको रहोबरमा १५ दिन परीक्षण उत्पादन पछि व्यावसायिक रुपमा उत्पादन सुरु हुन्छ ।’
अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाइ घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका, ६ अमिलाकाफलस्थित आउटलेटबाट १२ सय मिटर पेनस्टक पाइपमा ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडकको पोखरेबगरमा रहने विद्युत् गृहमा जोडिएको छ ।
२ अर्ब ४१ करोड लागत अनुमान गरिएको आयोजनाको अन्तिम लागत खर्च सार्वजनिक गरिएको छैन । ०७४ चैतबाट निर्माण सुरु भएको थियो । ०७८ मा सक्ने लक्ष्य रहेको भए पनि कोरोना समेतका कारणले निर्माण समय २ वर्ष लम्बिएको पनि आयोजनाले बताएको छ ।
त्यस्तै, पोखरेबगरस्थित विद्युत् गृहबाट उत्पादित विद्युत् ८ किमी माथि रहेको २२० केभी दाना सब स्टेसनसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइनले जोडिएको छ । ‘थ्रि सी’ मोडेलमा निर्माण भइरहेको घारखोला जलविद्युत् प्राधिकरणको सिभिल इन्जिनियर्स साउथ एसियन इन्फाइस्टक्चर प्रालि, इलेक्ट्रो मेकालिकलमा सिमर इनर्जी प्रालि भारत, हाइड्रो मेकालिकलमा सी हाइड्रो मेकानिकल प्रालि, ट्रान्समिसनको काम रोयल कन्ट्रक्सन प्रालि र परामर्शदाताको रुपमा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले आयोजना बनाएका हुन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
