- Loading...
मुस्ताङ्गी साँस्कृतिक युवराजको धुमधामसँग विवाह
- पुनहिल डट कम
- १ साल अघि
- ४२२ पटक पढिएको

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो भेगमा पर्ने लोमन्थाङ स्थित पूर्व मानर्थ मुस्ताङ्गी युवराज झिक्मी धिण्डुप फुन्छोक परवल विष्टको आज धुमधाम सहित विवाह सम्पन्न भएको छ ।
बेहुला बनेका मुस्ताङ्गी साँस्कृतिक राजा विष्टको ताप्लेजुङ पुख्यौली थलो भै हाल काठमाण्डौ निवासी छिरिङ यान्चेन उच्यावसँग वौद्ध धार्मिक परम्परा अनुसार विवाह भएको हो । उपल्लो मुस्ताङको लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिका क्षेत्रमा अहिले पनि झिक्मी धिण्डुप फुन्छोक परवल विष्टलाई साँस्कृतिक राजाको रुपमा मान्यता दिँदै आएका छन ।
निकट नातेदारहरुका अनुसार लोघेकर–दामोदरकुण्ड गाउँपालिका मुकाम रहेको चराङ स्थित छामा डा. डिकी विष्ट (दुलहीको आमाकी बैनी) को घरमा रहेकी बेहुली छिरिङ यान्चेन उच्याव लिन दुलाह विष्ट २ सय ७० बढी घोडासवार जन्तीसहित पुगेका थिए । विष्टले वेहुलीलाई दिउँसो २ बजे लोमन्थाङ स्थित रोयल मुस्ताङ रिसोर्टमा भित्राएका थिए । रिसोर्ट प्राचिन मुस्ताङ्गी दरवार क्षेत्र रहेको माटोको सहर लोमन्थाङ वस्ती भन्दा बाहिर रहेको छ ।
दुलाह विष्टका निकट नातेदार तथा लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष छोप्पेल लोप्चन विष्टका अनुसार दुलही यान्चेनले अष्ट्रेलियाबाट ब्यापार विषयमा स्नाकोत्तरगरी हाल काठमाण्डौमा आफ्नै ब्यवसाय संञ्चालन गर्दै आएकी छिन । दुलाह रहेका विष्टको लोमन्थाङमा रोयल मुस्ताङ रिसोर्ट संञ्चालन गर्छन ।
आफन्त विष्टका अनुसार आजवाट तीन दिनसम्म मान्यजन, लामाहरु, आफन्त, आमन्त्रीत र सर्वसाधारणले नवविवाहित दम्पत्तिलाई खादा अर्पण गरी आर्शिवाद दिने कार्यक्रम रहेको छ । विश्वसम्पदा सुचिमा सुचिकृत काली गण्डकीको उदगमस्थल मुस्ताङ्गको उपल्लो भेग लो मन्थाङ ईतिहांस, संस्कृति र कला बास्तुकलाको दृष्टिले महत्वपूर्ण छ । मुस्ताङ्ग वि.सं १८४६ देखि बृहत नेपाल राष्ट्रमा गाभिएको हो ।
मुस्ताङ्गी अन्तीम राजा (पूर्वराजा) जिग्मे परवल विष्टले दाजुको छोरा जिग्मे सिङगे परवल विष्टलाई उत्तराधिकारी घोषणा गरेका थिए । उनै विष्टका छोरा झिक्मी धिण्डुप फुन्छोक परवल विष्ट विवाह धुमधाम सहित हुन लागेको हो । प्राचिन मुस्ताङ्ग राज्य वि.सं १८४६ देखि मात्र बृहत नेपाल राष्ट्रमा गाभिएको हो । ०४६ सालपछि मानर्थ राजाको रुपमा रहेका जिग्मे परवल विष्टको ‘राजा’को पगरी देशमा गणतन्त्र घोषणासंगै नेपाल सरकारका तत्कालिन गृहमन्त्री बामदेव गौतमले लोमन्थाङ्ग दरवारमा पुगी मानर्थ राजाको सम्मान फिर्ता भएको जानकारी गराएका थिए । सरकारले औपचारिक रुपमा राज्यरजौटाहरु अन्त्य गरेपनि ब्यवहारिक रुपमा उपल्लो मुस्ताङ्गमा राजालाई मान्ने प्रचलन हटेको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
