FLASH NEWS
  • Loading...

म्याग्दी कारागारका कैदीवन्दीलाइ पुस्तक वितरण

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७९ पटक पढिएको
म्याग्दी कारागारका कैदीवन्दीलाइ पुस्तक वितरण

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स) जिल्ला शाखा म्याग्दीले अा फ्नाे २४ औँ स्थापना दिवसकाे अवसरमा कारागार कार्यालय म्याग्दीमा रहेका कैदीवन्दी पुस्तकालयलाइ विभिन्न विषयका पुस्तक हस्तान्त्रण गरेकाे छ ।

मानव अधिकार एलायन्स जिल्ला अध्यक्ष कमला थापा बानियाकाे अध्यक्षता तथा सचिव दिलमायाँ विटालुकाे संञ्चालन गरेका कार्यक्रममा पुर्वअध्यक्ष घनश्याम खड्काले मानवअधिकार र सामाजिक विषयका एक सय २८ थान पुस्तक कारागार प्रशासक (जेलर) प्रतिज्ञा सुवेदी मार्फत कारागारमा रहेका कैदीवन्दीलाइ हस्तान्त्रण गरेका थिए ।

विभिन्न परिस्थिती र अवस्थामा कैद वा वन्दी जीवन विताइ रहेका ब्यक्तिले जेल भित्र रहँदा स्वअध्ययनबाट ज्ञान अार्जन गर्न पुस्तकहरू उपयाेगी बन्ने विश्वास गरिएकाे छ ।

पुस्तक हस्तान्त्रण कार्यक्रममा जेल भित्र रहेका कैदीवन्दीले कारागार भित्र काेठा साँघुरा भएकाे, गर्मी धेरै भएकाे तर कैदीवन्दी संख्या धेरै भएकाेले समस्या भएकाेले कम्तीमा ८ वटा पंखा सहयाेग गरिदिन अाग्रह गरेका थिए । कारागार कार्यालयमा अहिले १  महिला सहित १७ जना वन्दी र ३ महिलासहित ७५ जना कैदी रहेका छन ।