FLASH NEWS
  • Loading...

जीपसहित चालक वेपत्ता, कालीगण्डकीमा खसेको अनुमान

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३८२ पटक पढिएको
जीपसहित चालक वेपत्ता, कालीगण्डकीमा खसेको अनुमान

बेनी–जोमसोम सडक अर्न्तगत म्याग्दी सदरमुकाम बेनीदेखी १७ किलोमिटर उत्तर तर्फ महभीर–भीरकाटे खण्डमा तीन दिनदेखी जीपसहित चालक वेपत्ता छन ।
सदरमुकम बेनीबाट अन्नपूर्ण गाउँपालिका, ३ दानामा खाद्यान्न वेचेर बेनी फर्कनेक्रममा बुधवार दिउँसो अन्दाजी ४ बजेबाट ग २ च १०३१ नम्बरको बोलेरो जीपसहित मालिका गाउँपालिका, ५ देविस्थानका चालक कम्लेस परियार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जीप धनी रहेका सुमन किराना स्टोर्सका सुमन श्रेष्ठका अनुसार चालक परियारले बुधवार दिउँसो ३ बजे दानामै रहेको र केही वेरमा फर्कने भनी सम्पर्क भएको जानकारी गराएका थिए ।
‘वुधवार दिउँसो ३ बजेसम्म चालकसँग सम्पर्क भएको हो । त्यसपछि जीप सहित चालक वेपत्ता छन’ जीपधनी श्रेष्ठका अनुसार अन्नपूर्ण गाउँपालिका, ७ महभीर–भीरकाटेको विचमा सडक छेउमा जीपको अगाडीको सिसा फेला परेकोले, जीपसहित चालक कालीगण्डकीमा खसेको अनुमान गरेका छौं । कालीगण्डकी नदी किनारामा खोजी गरिरहेका छौं ।’
जिल्ला प्रहरी प्रमुख मदन कुँवरका अनुसार सडक दुर्घटनामा परिी कालीगण्डकी नदीमा खसेर वेपत्ता भएका चालक र जीपको खोजी भैरहेको छ । प्रनाउ कुँवरले बताए अनुसार अनुमानित घट्नास्थलमा जीपको अगाडीको ‘सुमन किराना स्टोर्स’ लेखेको सीसा र घट्नास्थलबाटट १४ किलोमिटर तल गलेश्वरमा जीपको अघिल्लो टायर फेला परेको छ ।