FLASH NEWS
  • Loading...

कालीपुल युनाइटेडकाे अध्यक्षमा अनिश गौचन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९८ पटक पढिएको
कालीपुल युनाइटेडकाे अध्यक्षमा अनिश गौचन

बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लबको अध्यक्षमा अनिश गौचन चयन भएका छन ।
क्लवको आइतबार भएको चौथो अधिवेशन तथा साधारणसभाबाट गौचनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा सोनिया पुन, उपाध्यक्षमा करण राम्जाली, सचिवमा संगिता पुन, सहसचिवमा आसि पुन र सहकोषाध्यक्षमा सचित थापा चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा विनय थजाली, अरुणा पुन, मनिता गौचन, टिटस बि.क, रोजिना थजाली, रोशन थजाली, रोविन खड्का, युकेन तामाङ, सनम विक, साहिल थापामगर, अमन पुन र आदिथ्य वि.क. रहेकाे नवनिर्वाचित अनिश गाैचनले बताए ।

खेलकुद, संस्कृति संरक्षण सँगै विभिन्न सामाजिक गतिबिधि सञ्चालन गर्दै आएको क्लवकाे सल्लाहकारमा कृष्णकुमार विश्वकर्मा, सन्तोष तिलिजा, विकास पुन, डानियल फगामी (साजन), मनोज गौचन, दलप्रसाद पुन, बर्षा शाक्य, जगबहादुर गर्बुजा र दिलकुमारी गौचन रहेका छन ।