- Loading...
क्रिस्टिनाले गरिन अन्नपूर्णको आरोहण, निर्मल पुर्जाको विश्व किर्तिमान तोड्ने दाउ
- पुनहिल डट कम
- १ साल अघि
- ११०७ पटक पढिएको

निर्मल पुर्जाको विश्व किर्तिमान तोड्ने दाउमा रहेकी नर्वेली महिला पर्वतारोही क्रिस्टिना हरिलाले नर्थ वेस क्याम्पहुँदै सोमबार विहान ६ बजे अन्नपूर्ण प्रथम (८०९१मी) हिमाल आरोहण गरेकी छिन ।
आरोही हरिलाको अन्नपूर्ण आरोहण सहयोगी सेभेन समिट ट्रेक्सका अनुसार तेञ्जिन, पासाङ नोर्वु, लाक्पा, मिङमा, पासाङ र लाक्पा ग्याल्जेन सहित अन्य ६ जना शेर्पाहरुले पनि सोमबार विहान अन्नपूर्ण प्रथम आरोहण गरेका छन । यस अघि मे २९ तारिखमा हरिलाले म्याग्दीमा पर्ने धवलागिरी हिमालको आरोहणगरी अन्नपूर्ण पुगेकी थिईन ।
पर्वतारोहणको इतिहाँसमा ६ महिना ७ दिनमा संसारका ८ हजार मिटर अग्ला सवै १४ वटा हिमाल आरोहणगरी निर्मल पुर्जाले राखेको विश्वकिर्तिमान (वल्ड रेकर्ड अफ गिनिजबुक)लाई नर्वेली महिला पर्वतारोही क्रिस्टिना हरिला गम्भीर चुनौति बनेकी छिन । पुर्जा अघि यो रेकर्ड दक्षिण कोरियाली पर्वतारोही किम चाङ होले ७ बर्ष ३ सय १० दिनमा पुरा गरेकोमा थियो ।
महिला पर्वतारोही हरिलाले निर्मल पुर्जापछि आफ्नो नयाँ योजना ‘सि मुभ्स माउन्टेन’अर्न्तगत ६ महिना भित्र ८ हजार मिटरभन्दा अग्गा संसारका सवै १४ हिमाल आरोहण गरी विश्व किर्तिमान कायम गर्ने होडमा निक्लेकी हुन ।
नेपाली मुलका वेलायती पूर्व लाहुरे निर्मल पुर्जाको किर्तिमान भत्काउँदै ६ महिनाभित्र संसारका सवै ८ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने महिला आरोही बन्ने दौडमा रहेकी हरिलाले सन २०२३ अप्रिलयता शिशापाङ्मा, चोयु, मकालु, कन्चनजंगा, सगरमाथा, ल्होत्से र धौलागिरी आरोहण गरिसकेकी छिन । एक्सप्लोरर्स वेबका अनुसार क्रिस्टिन हरिलाले निर्मल पुर्जाको किर्तिमान भन्दा २ दिन छिटो २९ दिनमा विश्वका ६ वटा ८ हजार मिटर अग्ला चुचुराहरु आरोहण गरेकी छिन ।
‘म लैङ्गीक भिन्नताको साथ केही परिवर्तनकालागी यो अभियानमा निक्लेकी हुँ’ क्रिस्टिनाले आफ्नो इष्टाग्राममा लेखेकी छिन, ‘अब म देखाउँछु कि केटीले पनि त्यसै गर्न सक्छिन ।’
पर्वतारोहीहरुले हिमाच चढ्न जान हेलिकोप्टर प्रयोग गर्छन । आधार शिविरसम्म पुग्न हप्तौं लाग्ने समय हेलिकोप्टरले एक घन्टामै आधार शिविरको माथिल्लो खण्डमै पुर्याउँछन । निर्मल पुर्जाले जस्तै क्रिष्टिनाले पनि एक हिमालबाट अर्को हिमालको आधार शिविरसम्म पुग्न हेलिकोप्टर प्रयोग गर्ने गरेकी छिन । साथै उनहिरुले हिमाल आरोहण क्रममा यात्रा गति बढाउन पुरक अक्सिजन पनि प्रयोग गर्छन ।
क्रिष्टिनाको नाममा एक बर्ष ५ दिनमा संसारका सवै ८ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने महिला पर्वतारोहीको किर्तिमान छ । यस अघि यो किर्तिमान चिनियाँ महिला पर्वतारोही डोङ, होङ जुआनको नाममा थियो । हरिलाले पुनः सन् १०२३ मा ६ महिना भित्र सवै हिमाल चढ्ने महोत्वाकाँक्षी अभियानमा जुटेकी हुन ।
हरिलालाई अभियानमा प्राविधिक सहयोग गरिरहेको सेभेन समिट ट्रेक्सले पछिल्लो पटक २९ मे का दिन धवलागिरी प्रथम हिमालको सफल आरोहण गराएपछि आफ्नो फेसवुक पेजमा लेखेको छ, ‘हरिलाले एक महिनाको अवधिमा तिब्बतका शिशापाङमा समेत ७ वटा हिमाल आरोहण गरी ‘हाफ वे पोईन्ट’ मा पुगेकी छिन । निर्मल पुर्जालाई पनि यही सेभेन समिट टेक्सले नै पर्वतारोहणमा विश्व रेकर्ड राख्न प्राविधिक सहायता तथा गाईड गरेको थियो ।
अाराेही हरिलाकाे फेसवुक पेजमा उल्लेख भए अनुसार उनले अन्नपूर्ण प्रथम (८०९१ मी) ५ जुन २०२३ विहान ६ बजे, धौलागिरी (८१६७ मी) २९ मे २०२३ विहान ६.१५ बजे, ल्होत्से (८५१६ मी) २३ मे २०२३ विहान ११.१५ बजे, सगरमाथा (८८४८.८६ मिं २३ मे २०२३ विहान ३.१५ बजे, कञ्चनजंगा (८५८६ मी। १८ मे २०२३ मध्यान्न १२.४५ बजे, मकालु (८४८५ मी.) १३ मे २०२३ विहान ८.३५ बजे,चोयु (८८१८ मी) ३ मे २०२३ दिउँसो २.४५ बजे र शिशापाङमा (८०२७ मी) २६ अप्रिल २०२३ बेलुकी ५ बजे हिमाल अाराेहण गरिसकेकी छिन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
