FLASH NEWS
  • Loading...

प्रेस चौतारी म्याग्दीद्धारा पत्रकार जिसी सम्मानित

  • पुनहिल डट कम
  • १ साल अघि
  • ५५२ पटक पढिएको
प्रेस चौतारी म्याग्दीद्धारा पत्रकार जिसी सम्मानित

प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ ।

चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपियाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो ।

जललजा अनलाइनका सम्पादक रहेका जिसी  नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य छन । जिसीलाइ प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा र प्रेस चौतारी म्यादीका अध्यक्ष प्रताप बानियाँलगायतले पुरस्कार प्रदान गरेका थिए ।