- Loading...
‘लम्पी स्किन’ रोगबाट म्याग्दीमा ७३ गाइगाेरू मरे, संक्रमण तिव्र फैलदै
- पुनहिल डट कम
- १ साल अघि
- २९३ पटक पढिएको

म्याग्दीमा गाईगाेरू र वाच्छावाच्छीमा लम्पीस्किन रोग फैलिँएकाे छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार लम्पी स्किन फैलिएपछि जिल्लामा हालसम्म ७३ वटा गाइगाेरू मरेका छन । कम्तीमा १ हजार १ सय ८८ वटा गाईगाेरू र वाच्छावाच्छी याे राेगबाट संक्रमित छन । सक्रमण तीव्र फैलिएकाेले डाटा एकिन हुन सकेकाे छैन ।
‘क्याप्री पोक्स’ नामक जिवाणुकाे सक्रमणाबाट लाग्ने याे राेग गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक गणेश रिजालले जानकारी दिए। उनका अनुसार विगत केही समयदेखि जिल्लाका सवै क्षेत्रमा यो रोगको सङ्क्रमण फैलिएको छ।
गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ। सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ।
यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए। रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनको भनाइ छ। यो रोग जिल्लामा गत आर्थिक वर्षदेखि देखापरेको हो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
